मन्दिर क्षेत्रको सरसफाइमा जुट्यो नेपाली सेना

जुम्ला ः नेपाली सेनाले कर्णालीकै प्रशिद्ध मानिने चन्दननाथ भैरवनाथ मन्दिरको सरसफाइ थालेको छ ।धार्मिक हिसाबले पबित्रमानिने मन्दिर क्षेत्रको वरिपरी फोहोर बने पछि स्थानिय सरकारलाई चुनौती दिनिदै नन्दबक्स गण र २४ नम्वर बाहिनीले सरसफाइ गर्न थालेको हो । सोमबार नेपाली सेनाले चन्दननाथ भैरवनाथ मन्दिरको सरसफाइमा जुटेको छ ।
चौबिस नम्वर बाहिनीका बाहीनीपती याम सबकोटाले भने हाम्रो टिमले मन्दिरवरिपरी प्रत्येक महिनामा एक पटक सरसफाई गर्ने कार्ययोजना छ । उनले भने, ‘हाम्रो गण र बाहिनी बाट मन्दिरको सरसफाइको लागी प्रत्येक महिनाको एक दिन समय धार्मिकक्षेत्रको लागी दिइनेछ ।

नेपाली सेनाले धार्मिक आस्था बोकेर पुजाआजा गर्दै आएका पुजारी र मन्दिरलाई थप मद्दत पुगोस भन्नका लागि २० वटा फुलको गमला , चिनी ,चामल दाल ,तेल , कम्बल नगद दक्षीण सहितको समाग्री पनि सहयोग गरेको नन्द बक्स गणका गणपती रबिन थपाले बताए । उनले भने ,मन्दिरमा तिर्थयात्रिको चाप बढ्छ । यो क्षेत्र साफा सुगर हुन पर्छ तर यहा फोहोर बढीछ ।त्यसकारण नेपाली सेनाले महिनामा एक पटक सरसफाइकाका कार्यक्रम गर्ने योजना बनाएको छ ।

नेपाली सेनाको नीति अनूरुप सैनिक नागरिक सम्बन्ध सूदृढ पारी सामाजिक उत्तरदायित्व पूरा गर्ने उदेश्य हुन्छ । यसकारण सेनाले सोमबार चन्दननाथ र भैरब नाथ मन्दिर क्षेत्रमानै आएयर सरसफाई गरेको छ । जुम्लाको धार्मिक महत्व बोकेको क्षेत्रमा नागरिक जिम्मेवारी बनेर जलाउन मिल्ने फोहोर जलाउनुको जथाभाबी फोहोर फाल्दा यो क्षेत्र दुर्गदीत बनेको छ । सेनाको टोलीले मन्दिर संरक्षण तथा प्रबोर्धन गर्नका लागी निकै ठूलो चासो दिएको छ ।