जनशक्ति अभावमा थलिँदै , कृषि अनुसन्धान केन्द्र

जुम्ला ः जुम्लामा रहेको कृषि अनुसन्धान केन्द्र बिजयनगर अभावै अभावमा चलेको छ । यस कर्यालयमा अनुुसन्धान गर्ने बालीका विज्ञ छैनन । प्रयाप्त मात्रमा जग्गा पनि छैन । कृषि बालीहरुका लागि प्रशस्त जग्गा नहुँदा अनुसन्धानमा समस्या भइरहेको छ । कृषि बाली अनुसन्धानका लागि २५ हेक्टर भन्दा बढी जमिन चाहिन्छ । त्यो जमिनको अभाव छ । ’कर्मचारीको अभाव र जग्गाको अप्रयाप्तताका कारण अनुसन्धानमा प्रभाव पार्ने गरेको प्राविधिक अधिकृत हरीनारायण मण्डलले बताए । उनले भने ,कषि अनुसन्धान केन्द्रले २०२७ साल देखि बर्षे तथा हिउँदे बालीहरुको उत्पादन गरि अनुसन्धान गरिरहेको छ । भोलीको खाद्यान्न, आजको अनुसन्धान, प्रविधि विकास गर्ने अनुसन्धान केन्द्रको लक्ष्य हो । तर यहाँ अभावै अभावका कारण अनुसन्धानमा चुनौति थपिएकृषि अनुसन्धान केन्द्र जुम्लाका प्राविधिक अधिकृत मण्डल भन्छन ,वर्खे बाली चिनो ,कागुन्नो ,फापर ,मकै ,कोदो , मार्सिधान , गहत र सिमी अनुसन्धान भइरहेको छ । भने ,हिउदे बाली जौ गहु ,मसुरो ,चौली जौ अनुसन्धान हुने गरेको छ ।
ऐतिहासिक,महत्व बोकेको मार्सी धान अहिलेसम्म सूचीकृत छैन
संसारको सबैभन्दा उच्च भागमा फल्ने कालीमार्सी धान अहिलेसम्म सूचीकृत छैन। समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइको भूमि जुम्लामा मात्र फल्ने धान सूचीकृत नहुनु विडम्बना हो ।जुम्ली कालीमार्सी धानको ‘प्याटेन्ट राइट’ सुनिश्चित गर्ने हेतुले पछिल्लो समयमा कृषि अनुसन्धान केन्द्र (नार्क) विजयनगर जुम्लाले सिपारिसको लागी कार्य अगाडि बढाएको छ । प्राविधिक अधिकृत मण्डलका अनुसार चन्दननाथ १ ३ र लेकाली १र ३ हजार ४८, १ के ३,७,९ र जुम्ली मार्सी ,धान यस पटक सिपारिस गरिदैछ । त्यस्तै सिमि केबि एल १,२,३ सिपारिस गरिएको छ । त्यस्तै केबिएल १ र ३ जातको सिमी पनि नियन्त्रण केन्द्रमा दर्ताका लागि सिपासि गरिएको अनुसन्धान केन्द्र बिजय जगर जुम्लाले जनाएको छ । जुम्लामा १२ जातका सिमी परीक्षण गरिरहेको छ । सिमीको ‘प्याटेन्ट राइट’का लागि पनि प्रस्ताव अगाडि बढाउन थालिएको छ । उनका अनुसार केबिएल १,२,३, पिबि००–१ र पिबि००–४८ को धान उत्पादन भइरहेको छ । ब्लाष्ट रोग नलाग्ने चन्दननाथ–१ कालो धान बढी उत्पादन हुन्छ । लेकाली–१ र ३ धान पनि उत्पादन भइरहेको छ ।यसलाई बीउबिजन गुणस्तर तथा नियन्त्रण केन्द्र काठमाडौँले सूचीकृत गर्ने भएको छ ।

सूचीकृत नभएकै कारण अहिलेसम्म जुम्लाले कालीमार्सी धानमा आफ्नो स्वामित्वको अधिकार (प्याटेन्ट राइट) कायम राख्न सकेको छैन ।”कालीमार्सीको उत्पत्ति जुम्लामै भएको दाबी गर्दै यसको ‘प्याटेन्ट राइट’ लिन सरोकारवालाले जतिसक्दो छिटो पहल गर्नुपर्ने हो तर त्यो भएको पाइन । कोभिड–१९ का कारण प्रस्तावना पेश गर्न ढिलाइ भएको अनुसन्धान केन्द्रले बताएको छ । मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिने यो अन्नबाली केही समययतादेखि नेपाली बजारको आकर्षण पनि बनेको छ ।
तत्कालीन राजा महाराजाहरुले खाने र उच्चकोटीको अन्नका रुपमा हेरिने कालीमार्सीलाई त्यस समयको मात्र नभएर यतिबेला पनि विशेष महत्वको रुपमा लिने गरिन्छ । मूल्यका हिसाबले हुनेखाने र उत्पादक किसानबाहेक सजिलै यो चामल सामान्य वर्गको पहुँचमा त्यति हुँदैन । अहिले पनि शक्तिशाली र उच्च ओहदाका व्यक्तिहरुको आहारा बन्ने गर्छ कालीमार्सी ।

बाहिरी जिल्लामा जाँदा विशिष्ट व्यक्तिहरुको आहाराको प्रमुख परिकार बन्नेगरेको चर्चाछ । यो मार्सी अर्गानिक हिमाली उत्पादनका रुपमा पनि परिचित छ जुम्लीमार्सी धान । यसको मूल्य जुम्ला बजारमा १सय ७० रुपैया पर्ने गरेको छ । अरु चामलभन्दा भने महङ्गो छ । कालीमार्सीको खाना, त्यसको स्वाद, प्राप्त हुने पौष्टिक तत्व र ऐतिहासिक वर्णन एवं कथन पनि सामाजिक सञ्जालहरु पनि त्यत्तिकै रङ्गिए ।अधिकतम गुणात्मक महत्व बोकेको जुम्ली मार्सीलाई भने मुलुककै जेठो धानबालीका रुपमा ठानिँदै आएको छ । अर्कोतर्फ विश्व मानचित्रमा विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थानका रुपमा जुम्लाको पातारासी गाउँपालिकाको छुमचौर ज्युलो कालीमार्सी धान भन्ने निकै प्रख्यात छ ।
नेपाल कृषि अनुसन्धान परिषद्, खाद्य अनुसन्धान विभाग, खुमलटार (२०२०) को तथ्याङ्कअनुसार जुम्ली मार्सी धान र अन्य रैथाने तथा उन्नत जातका धान (खुमल–४) सँगको तत्वहरुसँग तुलना गर्दा प्रोटिन, पोलिफिनोल, एन्टिअक्सिडेन्ट र फ्ल्यावोन्वाइड कालीमार्सीमा धेरै मात्रमा पाइने गर्दछ । अन्य धानभन्दा जुम्ली मार्सीमा फाइबर पनि बढी पाइने भएकाले स्वास्थ्यका हिसाबले अधिकतम उपयोगी मानिन्छ ।
तर कृषि अनुसन्धान केन्द्र बजियनगर जुम्लाले भने, मार्सीधान दर्ता नभएको र यसपटक दर्ताको लागी सिपारिस गरेको बताएको छ । कालीमार्सी धानमा प्रोटिन र सूक्ष्म तत्वहरु (आइरन, फोस्फरस), पोलिफिनोल र एन्टिअक्सिडेन्ट धेरै मात्रमा पाइने गरेको कृषि अनुसन्धान केनद्र जुम्लाका प्राविधिक अधिकृत हरिनारायण मण्डलले बताए । “जुम्ली मार्सीमा पाइने पोलिफेनोल र फ्ल्यावोन्वाइडले मानव तन्तुहरुलाई सक्रिय बनाउछ । ,“यसैले यो धानले मानव तन्तुलाई नष्ट हुनबाट जोगाउ ँछ उनले भने ।कालीमार्सी धानको सामाजिकमात्र होइन, सांस्कृतिक, धार्मिक महत्व र उपयोग पनि त्यत्तिकै छ ।

ऐतिहासिक गाथालाई केलाउँदा गुरु चन्दननाथ बाबाले बिजारोपण गरेको उच्च कोटीको धान बालीका रुपमा चिनिन्छि यसलाई ।चन्दननाथ बाबाको तत्कालीन तपस्या (आजको अनुसन्धान) बाट यसको प्रतिपादन भएको संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य बताउछन । केहीले इतिहासलाई तोडमोड गरेर कालीमार्सी धान भारतको काश्मीरबाट ल्याएको भनेका छन् ।

यो नितान्त गलत हो,”आचार्यले भने ,“गुरु चन्दननाथ बाबाको आफ्नै तपस्या र खोजबाट यसको जुम्लामै उत्पादन भएको हो ।”यसबारे इतिहासकार राजाराम सुवेदीले ‘जुम्लाको मध्यकालीन इतिहास’ मा चन्दननाथ बाबाले विसं १४५० तिर जुम्ला राज्य खडा गर्दा तत्कालीन राजा बलिराज शाहीलाई यही कालीमार्सी धानको चामलले राजतिलक (टीका लगाएको) उल्लेख गरिएको उनले बताए ।
उनी भन्छन ,त्यस्तै, साके संवत् १५१५ मा हरिदास भन्ने विद्वानले लेखेको ५० श्लोकको ‘सिद्ध पञ्चाशती’ मा पनि कालीमार्सी धान जुम्लामा उत्पादन भएको उल्लेख छ । किंवदन्तीअनुसार पछि गुरु चन्दननाथ बाबाको उपदेश लिएर लक्षालकृति पैकलाले तातोपानीको गुरु फोक्टोबाट कालीमार्सी धानको शुरुआत गरिएको र त्यो पछि साबिकको कर्णालीका अन्य जिल्लामा पनि फैलिएको भन्ने कथन ऐतिहासिक लेखहरुमा पाइन्छ ।”
यसको उत्पत्ति करीब ५५० वर्षपहिले भएको जनाउँदै संस्कृतिसम्बन्धी जानकार आचार्यले ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक र भौगोलिक परिचय बोकेको साथै उत्पत्तिको लामो कालखण्ड पार गरेको अति महत्व एवं गरिमाको कालीमार्सी धानको स्वामित्वको अधिकार (प्याटेन्ट राइट) आजसम्म पनि कायम हुन नसक्नु दुःखद कुरा भएको उनको प्रतिक्रिया छ ।
पछिल्लो समय जुम्लामा रैथाने अन्नबाली उत्पादनको लागी सबै तह लाग्न थालेका छन । जलवायु परिवर्तन र पछिल्लो समयमा ब्युटाकलर लगायत विभिन्न विषादीको प्रयोगले यसको अस्तित्व सङ्कटमा पर्न थालेको डर बढाएको छ । संरक्षण र संवद्र्धनमा त्यति ध्यान दिइएको पाइँदैन । हाम्रो स्वामित्व ग्रहण अर्थात् कालीमार्सी धानको स्वामित्वको अधिकारलाई सुरक्षित गर्न सरोकारवालको बेलैमा ध्यानजान जरुरीछ ।