सेनाको  समाजसेवाले जुम्लामा सैनिक र नागरिकको सम्बन्ध सुमधुर बन्दै 

 जुम्ला ः   जुम्लामा रहेको २४ नम्बर बाहिनी अड्डाले तत्कालिन कर्णालीका पाँच जिल्ला हेर्छ । एक गण छ । अनेत्र नेपाली सेनाको गुल्म छन । श्री नम्बर २४ बाहिनीअड्डाका बाहिनीपति यमबहादुर सापकोटा नागरिक सैनिक सम्बन्ध बलियो बन्दा काम गर्न निकै सहज भएको बताए  ।  उनी भन्छन हिजो म नागरिक थिए । सेनामा जागरिक खाएर सेनाको ओहोदामा छु । फेरी अवकास हुन्छु म फेरी नागरिक नै हो । त्यसैले नागरिक सैनिकबीचको सम्बन्ध प्रगाढ बनाउनुपर्छ ।  उनले थपे पछिल्लो समयमा  यो मार्गमा नेपाली सेना लागिसकेको छ । बाहिनीपति सापकोटा  भन्छन जनहित र जवानहितको काम गर्नु अहिलेको आबश्यकता हो  । सेनाले जनताको मनमुटुमा भिजेर कार्य गरिरहेको स्मरण गराउँदै  उनले  तत्कालिन कर्णालीका पाँच वटै जिल्लामा रहेका सैन्य व्यारकलाई जनसम्बन्ध विस्तार कार्यमा जोड दिन निर्देशन गरिएको बताए । सबै व्यारेकमा भ्रमण गरेर जनहित र जवानहितको काम गर्न निर्देशन दिएको उनी बताउँछन । नेपाली सेनाको कल्याणकारी कोषबाट विकास निर्माणका काम भइरहेका छन ।सेनाले जनताको सुखदुख र विकासमा साथ दिनुपर्छ । नेपालीसेनाले मात्र उदाहरणीय रुपमा कार्य गर्न सक्छ, भन्ने सन्देश फैलाउन जरुरी छ । सहजै रुपमा गाडी चढेर जान सकिने अवस्था आयो । यो भन्दो राम्रो कार्य के हुन सक्छ  ।
सेनाले कर्णालीमा गरेका काम  
कर्णालीमा भौतिक सेनाले सडक सुचारु बाटोघाटो निर्माण  सचेतना कार्यक्रम ,ठाउँठाउमा,काठेपुल निर्माण कार्य लगायतका ५४ वटा जनहितका काम गरेको छ । जनता र सेनाबीचको आपसी समन्वयका आधारमा यी काम भएका हुन । जुम्ला स्थित नन्दाबक्स गण नन्दा ब्लड बैंकका रुपमा स्थापित भइएको छ । बाहिनीपति सापकोटा गाउँमा जाने किसान संग भेटघाट गर्ने, कृषि बस्तु उत्पादनमा प्रोत्साहित गर्ने,सैनिक शिक्षा बारेमा सहजीकरण गर्ने र जनताका हरेक पिरमर्का,सुखदुख, दुखेसा, गुनासा सुन्ने कार्यमा सक्रिय छन ।सेनाले पटक पटक पत्रकार तथा सञ्चारकर्मी संग भेटघाटको आयोजना गरेर सेनाले गरेका हरेक कामकाजका बारेमा जानकारी दिदै आएको छ ।  त्यस्तै यसैसाता नवनियुक्त पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले जुम्लामा रहेको ब्यारेकमा भ्रमण गरका थिए  । यो जुम्लामा पहिलो भ्रमण थियो । यसअघि डोल्पा बसिसकेका उपरथी शाहीले जुम्लामा सेनाले थालेको नागरिक सैनिक सम्बन्धको प्रसंसा गरे  । यहाँको बस्तुस्थितीका बारेमा बाहिनीपति सापकोटाले सहजीकरण गरेका थिए । सो अवसरमा उपरथी शाहीले नागरिक सैनिक सम्बन्ध सुधार गर्न निर्देशन दिएको बाहिनीपति सापकोटाले बताए  ।यहाँका ब्यारेक र स्थानीय स्तर सम्म उनी पुगेका थिए ।
सैनिकले जुम्लाको  दुरदराजका क्षेत्रमा स्वास्थ्य शिविर राख्ने,पुर्वाधार विकासमा साँझेदारी गर्ने देखि मर्दापर्दाको साथी नेपाली सेना बन्दै  आएको छ  ।  नेपाल पत्रकार महसंघका अध्यक्ष नेत्रबहादुर शाहीले बताए ।   उनले भने,‘सेनाभित्रको अनुशासन अहिले सम्मको शान हो । यो अनुशासन कुनै क्षेत्रमा पनि देखिदैन् । अब सैनिक अनुशासनको कार्यन्वयन समुदायस्तरमा लागु गर्न जरुरी छ । यो नै सैनिक नागरिक सम्बन्धको उदाहरण हुनसक्छ ।
त्यस्तै  खसपत्रका  सम्पादक धनबहादुर बुढाले  विपद् व्यवस्थापन तालिम समुदायमा साँझेदार गर्दा उपयुक्त हुने बताए  । उनले भने पहिले हतियारधारी पोशाक सहितको सेना देख्ने वित्तिकै समुदायमा त्रास उत्पन्न हुन्थ्यो । अहिले सेना देख्ने वित्तिकै नागरिकलाई  भरोसा जागने गरेको छ  ।
विपत्तिको साहरा नै सेना बनेको छ । उनले थपे,‘सेनाभित्रको चेन अफ कमाण्डले प्रभावित बनाएको छ ।
 त्यस्तै कोभिड १९ रोकथाम र नियन्त्रण र शव व्यवस्थापनमा सेनाले गरेको कार्यको प्रसंसा भइरहेको छ । नन्दाबक्स गण जुम्लाका गणपति रबिन थापा नागरिक सैनिक, नागरिक र सञ्चारकर्मी बीचको सम्बन्ध प्रगाढ हुदै गएको बताए । विगतको समय के भयो ? त्यो थाहा भएन, उनले भने,’‘अब सम्बन्ध राम्रो बनाउँनुपर्छ ।  उनले भने ,सेना भित्रको राम्रो पक्ष सिकाउन तयार छौँ । ’उनले सेना भित्रको स्रोतसाधनको भरपुर प्रयोग गरेर भएपनि जनमैत्री कार्यमा जोड दिने बताए । विपद व्यवस्थापन,शान्ति सुरक्षा, विकास निर्माण, स्वास्थ्य शिक्षाका क्षेत्रमा काम गर्न चाहन्छौँ । गणपति थापाले भने,‘प्रभावकारी समन्वय र सहकार्यको खाँचो छ । समयमै सुचना र जानकारीको जरुरत छ ।
’नेपाली सेनाले जुम्लामा विद्यालय भवन निर्माण, खेलमैदान, ब्याडमिन्टन कोर्ट,शौचालय निर्माण देखि पुलपुलेसा निर्माण तथा मर्मतमा प्रत्यक्ष जनता संग जोडिएर कार्य गर्न थालेको छ । कोरोना भाइरस विरुद्धको सचेतना फैलाउने देखि कोभिड संक्रमितको उर्जा थप्ने कार्यमा जोड दिएको छ ।
नागरिक सैनिक सम्बन्धलाई सुमधुर बनाउँदै गएपछि जुम्लामा नेपाली सेनाको चौतर्फी प्रसंसा हुन थालेको छ । सेना जुम्लाबासीको सुखदुखको साथी बनेको छ । अस्पतालमा बिरामीलाई रक्तदान गर्ने देखि ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर चलाउने र पुर्वाधार विकासका कार्यमा संलग्न हुने भएपछि सेना र जनताबीचको सम्बन्ध निकै बलियो बनेको हो ।   सेनाले गरेका समाज सेवाले  ‘सेना सीमा सुरक्षा र शान्ति सुरक्षामा मात्र केन्द्रीत हुन्छ भन्ने भ्रम हटिसकेको छ । सेना वेसाहराको साहरा हो भन्ने पनि प्रमाणित गरिरहेको छ । कैयनका ज्यान बचाउन अग्रसर छ । प्रत्यक्ष रुपमा सामाजिक कार्यमा संलग्न छ । जनता सेना प्रति उत्साहित छन । अब नेपाली सेनाको अनुशासन र सैनिक शिक्षा पनि समुदायमा फैलाउन जरुरी देखिएको छ’

सम्बन्धित समाचार