निर्मलाको न्यायका लागि दैलेखमा दीप प्रज्वलन
दैलेखमाः निर्मला पन्तको न्यायका लागि मौन र्याली र दीप प्रज्वलन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि भएको हत्या झन्डै तीन वर्ष पूरा हुँदै गर्दा पनि अझै न्याय नपाएको भन्दै ज्वाला युवा प्रतिष्ठानले मौन र्याली निकालेको हो ।
‘पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान दैलेखको संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम तथा शान्ति पुर्ण मौन र्याली गरिएको हो । निर्मला जस्ता सयौं नेपाली छोरीको यसरी हत्या हुदै छ, सरकारले हत्यारा लुकाएको छ ,भन्दै युवाहरु आक्रोशित समेत भएका थिए ।
नयाँ सरकार आएदेखि झिनो भएपनि आशा पलाएको ज्वाला युवा प्रतिष्ठान दैलेखका संयोजक लोकेश गिरीले बताए । उक्त घटना भएको तीन वर्ष बित्यो । हत्यारा भने पत्ता लाग्न नसक्नु दुःखद भएको उनले भने ।
‘यस्तै हो भने छोरी सुरक्षित, हुने कुनै ठाउँ भटिने छैन्, । सरकार मौन रहनेछ् । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणको तीन वर्ष पुगेको छ । २०७५ साल साउन १० गते साथीको घरबाट बेपत्ता भएपछि निर्मलाको शव भोलिपल्ट ९साउन ११ गते० घरनजिकैको उखुबारीमा भेटिएको थियो ।








