एपीएफका भलिवल खेलाडी लोकेन्द्रको सफल शल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमबाट सदस्य लोकेन्द्र गिरीको घुँडाको सफल शल्यक्रिया भएको छ।

विभागीय टिम एपीएफ क्लबका सेटर लोकेन्द्रको एपीएफ अस्पतालमा सोमबार सफल शल्यक्रिया गरिएको हो ।

लोकेन्द्र पछिल्लो केहि वर्षयता घुँडाको चोटबाट गुज्रिरहेका थिए । तर, उनले खेल्न भने छाडेका थिएनन् । चोटले थप समस्या पार्न थालेपछि उनको शल्यक्रिया गरिएको हो ।

नेपाली राष्ट्रिय टोलिबाट लोकेन्द्रले बंगलादेश र डेनमार्कविरुद्ध खेलिसकेका छन् ।

लोकेन्द्र नेपाली भलिबल क्षेत्रकै उत्कृष्ट सेटरमा पर्ने गर्छन् । लोकेन्द्र एपीएफ क्लबका राम्रा खेलाडी हुन् ।

शल्यक्रिया गरेपछि लोकेन्द्र करिब एक वर्ष कोर्ट बाहिर रहने छन् । तर, लोकेन्द्रले आफु चाडै कोर्टमा फर्किने विश्वास गरेका छन् ।

सम्बन्धित समाचार