युथ फोर्सको काउन्टरमा माधव पक्षद्धारा ‘पिपुल्स भोलेन्टियर’ घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवमकुमार नेपाल पक्ष निकट युवा संघ नेपालले ‘पिपुल्स भोलिएन्टर’ नामक युवा दस्ता घोषणा गरेको छ । आज माधवकुमार नेपालले शिव श्रेष्ठको संयोजकत्वमा ‘पिपुल्स भोलेन्टियर’ नामक युवा दस्ता घोषणा गरेका छन् ।

सुर्य विनायक भक्तपुरस्थित थापा पार्टी प्यालेसमा आज भएको युवा संघको भेलाबाट श्रेष्ठको संयोजकत्वमा १ हजार १ सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरिएको हो । सचिवमा मनोज खत्री , उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई इञ्चार्ज तोकिएको संघको उपाध्यक्ष नितेश पौडेलले बताए । भेलालाई एमाले वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सम्बोधन गर्दै पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट युवा संघले युथ फोर्स ब्युँँताएपछि वरिष्ठ नेता नेपाल निकट युवा संघले पनि पिपुल्स भोलेन्टियर घोषणा गरेको हो ।

प्रवक्ता राईका अनुसार भेलामा संघका केन्द्रीय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा प्रतिनिधि सहभागि थिए ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आजै ४३औं स्मृति दिवस पनि रहेकाले सोही सन्दर्भमा युवाको बृहत भेलामार्फत पिपुल्स भोलेन्टियरको घोषणा गरिएको राइले बताए ।

सम्बन्धित समाचार