रुकुम पश्चिममा साउन २३ गतेसम्म निषेधाज्ञा रुकुम पश्चिममा साउन २३ गतेसम्म निषेधाज्ञा
रुकुमः रुकुम पश्चिममा खुकुलो बनाएर साउन २३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । बिहिबार बसेको जिल्ला कोभिड ब्यबस्थापन समितिको बैठकले यसअघि साउन ८ गतेसम्म जारी गरेको निषेधाज्ञा लाई पुनः साउन २३ गते सम्म थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोनाको सङ्क्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै निषेधाज्ञा खुकुलो बनाएर पुनः थप गरिएको डीसीसीएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
विवाह, ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा २५ जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर गर्न भने पूर्ण रुपमा बन्देज लगाइएको छ । शैक्षिक संस्थाहरु भने बन्द रहनेछन भने तोकिएका परिक्षाहरु स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरुको पालना गरी सञ्चालन गर्ने पाइनेछ ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाका अनुसार हालसम्म जिल्लामा ७ हजार ६ सय ९० जनाको कोरोना परिक्षण गर्दा २५ सय ८२ जना संक्रमित भएकोमा ३३ जनाको मृत्यु भएको छ । हाल ८१ जना हो आइसोलेशनमा रहेको र २३ सय ९७ जना उपचार गरेर निको हुनुका साथै हाल ८३ जना सक्रिय संक्रमित रहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवाले जानकारी दिए ।
यस्तै रुकुम पश्चिमबाट लामो दुरीका सवारी साधन पनि चलेका छन् । बुधबारदेखि जिल्ला बाहिर जान थालेका छन् भने जिल्ला बाहिरबाट पनि सवारी साधन भित्रिन थालेका छन् । झण्डै ४ महिनादेखि रोकिएका सवारीका साधन सञ्चालनमा आएका छन् ।










