हुम्लामा संक्रमितलाई किट

सिमकोट: स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालबाट रहेका कोरोना संक्रमितलाई किट वितरण गरिएको छ । संक्रमितले कोरोनालाई परास्त गर्न सहयोग पुर्याउने लक्षका साथ ती सामग्री वितरण गरिएको हो ।

सिमकोटस्थित रानीवनको आइसोलेशनमा रहेका १८ जना संक्रमितलाई किट वितरण गरिएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताइन् । आइसोलेशनमा रहेका सबै संक्रमितलाई उक्त सामग्री वितरण गरिएको हो ।

संक्रमितलाई कोरोनाविरुद्ध जित्न र सरसफाइका सामग्री सहयोग गरिएको हो । संक्रमितलाई सहयोग गरिएका सामग्रीमा ५० वटा मास्क, सेनिटाइजर, लुगा धुने साबुन, कोयो, हात धुने साबुन, थर्मोमिटर, पीयूष, वाटरगार्ड  किट वितरण गरिएको हो ।

संक्रमितले सामग्री उपलब्ध भएपछि सरसफाइ गर्न र कोरोनाविरुद्ध प्रयोग गर्न आइसोलेशनमा सहयोग गरेको बताएका छन् । उक्त सामग्री युनिसेफ नेपालको आर्थिक सहयोगमा वितरण गरिएको हो । संक्रमितले खाना पनि निःशुल्क खाइरहेका छन् । यसअघि पनि कार्यालयले सो किट संक्रमितलाई वितरण गरेको थियो ।

 

 

सम्बन्धित समाचार