जुम्लामा सिम्पलको‘फाईबर टु द होम’ईन्टरनेट सेवा सञ्चालन

जुम्ला ःसिम्पलको फाईबर टु द होम ईन्टरनेट सेवा औपचारीक रुपमा सञ्चालनमा आएको छ । अनलाईन सेवा प्रवाहलाई छिटो छरितो गर्न र उपभोक्ताको राहतका लागि नीजि लगानीमा सिम्पल ईन्टेलीजेन्ट सिस्टम टेक्नोलोजी प्रा.लीले औपचारिक रुपमा उद्घाटन गर्दै फाईबर टु द होम ईन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
फाईबर टु द होम ईन्टरनेट सेवा जुम्लामा केहि समय अघि देखि संचालनमा भएपनि औपचारिक उद्घाटन भने शुक्रबार मात्रै भएको छ । सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन बहादुर हमाल र प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले सयुक्तरुपमा उक्त ईन्टरनेट सेवाको उद्घाटन गरेका हुन् ।

सानो लगानीबाट व्यवसायमा प्रबेश गरेर संघर्ष गर्दै आएका हिमा गाउँपालिका १ का हर्ष शाही तथा प्रतिभा शाहीले समयको माग अनुसार प्रविधिको विकासमा उल्लेखीय भुमिका खेल्दै आएका छन् । उद्घाटन कार्यक्रममा विभागका महानिर्देशक गोगन हमालले भने,“जुम्लाका नागरिकलाई ईन्टरनेटको पहुँचमा ल्याउन फाईबर टु द होम ईन्टरनेट उल्लेखीय भुमिका खेल्ने छ । उनले थपे सेवामा गुणस्तरीयता र विश्वसनियतामा ध्यान पुराउन आबश्यक छ । चलु आव भित्रै देशका सबै स्थानीयतहलाई ईन्टरनेटको पहुँचमा पुराउने सरकारको लक्ष्य भएकाले नेपाल टेलिकम तथा सिम्पल लगायत अन्य नीजि ईन्टरनेट सेवाले गाउँगाउँमा ईन्टरनेटको पहुँच पुराएर सरकारको लक्ष्य पुरा गर्नुपर्नेमा जोड दिए । महानिर्देशक हमालले फाईबर टु द होम ईन्टरनेट सेवाको नीति अप्ठयारालाई पनि सहजीकरण गर्न सूचना मन्त्रालय तथा विभागले आबश्यक पहल गर्ने उल्लेख गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले जुम्लाको मुख्य समस्या भनेकै ईन्टरनेट भएको र सिम्पलको ईन्टरनेटले त्यो समस्या समधान गर्ने विश्वास व्यक्त गरिन् । उनले सेवाग्राहिको गुनासो आउने गरी नभई चुस्त रुपमा फाष्ट ईन्टरनेट सेवा दिन समेत आग्रह गरेकी छन ।

फाईबर टु द होम ईन्टरनेट सेवाको लाईन हाल सम्म जुम्लाका १ सय जना सेवा ग्राहि लाई लाईन वितरण गरिएको सिम्पल ईन्टेलीजेन्ट सिस्टम टेक्नोलोजी प्रा.लीका अध्यक्ष प्रतिभा शाहीले बताइन । उनले भनिन , सामान्य अबस्थाबाट शुरु गरिएको व्यवसाय समयको विकास संगै सबैको साथ सहयोगले युग सुहाउदो प्रविधिको विकासमा अग्रस्थानमा आएका छौ । उपभोक्ताको माग अनुसार सेवा प्रवाह गर्नेमा प्रतिबद्ध पनि छौ ।”सिम्पल ईन्टरनेटले जुम्लाका आठ स्थानीयतह संगै साविक कर्णालीका ४ जिल्लामा समेत प्रभावकारी इन्टरनेट सेवा दिदै आएको छ । अहिले फाईबर टु द होम ईन्टरनेट सेवा सदरमुकाम केन्द्रित भएपनि आबश्यकता अनुसार गाउँगाउँमा समेत पुराइने छ ।नेपाल टेलिकम भन्दा सिम्पलको ईन्टरनेट सेवा प्रभवकारी हुने अध्यक्ष शाहीको दाबी छ ।