दुर्गमका स्वास्थ्य संस्था आफै बिरामी

जुम्ला ः बिरामीको उपचार गर्नका लागी स्थापना भएका दुर्गमका स्वास्थ्य संस्था आफै बिरामी जस्तै छन। भौतिक पुर्वधार अभाव हुदा स्वास्थ्य चौकीको अवस्था बिरामी जस्तो बनेको हो । जुम्लाको हिमा गाउँपालिका ६ महाबैपातरखोलामा रहेको स्वास्थ्यचौकीमा खाने पानी छैन् । बिजुली व्यवस्था छैन । इन्टरनेट चल्दैन् । जसका कारण यहाँ स्वास्थ्य सेवा दिन निकै गाह्रो छ । एउटा स्वास्थ्यचौकीमा हुनु पर्ने कुनैपनि पुर्वाधार छैन,स्वास्थ्यचौकी इन्चार्ज टेकबहादुर बुढाले भने,‘दुर्गमका स्वास्थ्यचौकीमा पुर्वाधार अभावले आफै बिरामी जस्ता छन । स्वास्थ्य सेवा दिन कठिनाइ हुने गरेको छ ।
स्वास्थ्यचौकीले दिनुपर्ने सेवा सबै दिन्छौँ,उनले भने,‘पुर्वाधार अभावले प्रभावकारी स्वास्थ्य सेवा दिन सकेका छैनौँ । ’ महाबैपातरखोला स्वास्थ्यचौकीले ओपिडि सेवा, गर्भजाँच र बर्थिङसेन्टरको सेवा दिइरहेको छ । स्वास्थ्यचौकीले दिने सबै सेवा दिन कुनै कन्ज्युस्याँइ हुदैन ।स्थानीयले पाउने सेवा सरल,सहज बनाइएको छ । औषधि अभाव हुन दिइएको छैन । इन्चार्ज बुढाले भने,‘तर पुर्वाधार अभावका कारण सोचे अनुसारको सेवा उपलब्ध गराउन सकिएको छैन । स्वास्थ्यचौकीको सामाजिक लेखापरीक्षण कार्यक्रममा उनले जनतालाई स्वास्थ्यअधिकारको अनुभति दिन हर प्रयास जारीराखेको बताएका थिए ।
सुत्केरी गराउने बेला मोवाइलको टर्च बाल्नु पर्छ
बत्ती नहुदा सुत्केरी गराउने बेला मोवाइलको टर्च बालेर सेवा दिनुपर्ने सिनियर अनमी जयलक्ष्मी रावतले बताइन ् । उनले भनिन अहिलेसम्म स्वास्थ्य संस्थाबाट २५ देखि ३० जना आमाले सुत्केरी सेवा लिएका छन । बर्थिङसेन्टरमा बत्ती हुदा समस्या भएको छ । रातीको समयमा सत्केरी केश आएसुत्केरी गराउन कठिन हुने गरेको बताइन ।
बर्थिङ सेन्टरमा न खानेपानी छ,नत तातोपानी तताउने सामाग्री नै । उनले भनिन्,‘जटिल प्रकृतिका सुत्केरी आएको खण्डमा घरबाटै पानी तताएर ल्याउनु पर्ने अवस्था छ । यो दुर्भाग्यपुर्ण छ ।’ भौगोलिक विकट्ताका कारण स्वास्थ्यचौकी गर्भजाँच गराउन आउनेको संख्यामा कमी आउने गरेको स्वास्थ्य स्वयमसेविका सम्झना शाही बताइन । उनले भनिन्,‘सुत्केरीलाई स्वास्थ्य संस्था सम्म लैजानको लागि स्टेचर पनि छैन । जसले सुत्केरी लिन चुनौति छ । ’

कोरोनाका बेला स्थानीयलाई घरमै गएर स्वास्थ सुरक्षाका मापदण्डहरु पालना गर्न सुझाव दिईएको उनी बताउँछिन । गर्भवति र सुत्केरीका लागि रातदिन खटिदै आएका छौँ । उनले भनिन्,‘भौगोलिक रुपमा विकट भएपनि सेवा दिने हिसावमा निकट हुने गरेका छौँ ।हिमा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रतन रावत स्वास्थ्य संस्थामा औषधीको कुनैपनि अभाव हुन नदिएको बताउँछन । ‘ बेलाबखत औषधीको अवस्थाका विषयमा अनुगमन गरिरहेकोमा जोड दिए । अब स्वास्थ्य चौकीमा आमा घर स्थपना गर्न आग्रह गरिरहेका छौँ ।उनले भने,‘स्वास्थ्य संस्थाको सेवाप्रवाह सहज बनाउन र औषधिको अभाव हुन नदिनको लागि सदैव क्रियाशिल नै छौँ । ’
स्वास्थ्य संस्थामा विजुलीको अभावले समस्या हुने गरेको गुनासोको संवोधन गर्दै उनले तत्काल एउटा सोलार व्यवस्थापन गर्न सकिने बताउँछन । पहिले टर्च उपलब्ध गराएका थियौँ । उनले भने,‘अहिले सोला दिन तयार छौँ । स्वास्थ्य शाखाको सम्पर्कमा आउनुहोला । ’ हिमा गाउँपालिका ६ नम्वर वडा अध्यक्ष वलवहादुर रावत स्वास्थ्य स्वास्थ्यमा समुदायको असहयोग भएको जानकारी दिए । उनले भने,‘जति सेवाप्रवाहको बारेमा चासो राख्छन,उति स्थानीय नागरिक संवेदनशिल हुदैनन् । ’
स्वास्थ्य चौकीको लागि विजुली खानेपानीको व्यवस्थापन गरिएको छ । वडाध्यक्ष रावतले भने,‘ खानेपानी खान र बत्ती नबाल्दै बिग्रने गरेको देखिएको छ । उनले स्वास्थ्यकर्मी,स्थानीय नागरिक र वडापालिका बीचको सुमधुर सम्बन्ध हुनु पर्ने बताए । हिमा गाउँपालिका १ मा रहेको स्वास्थ्यचौकी बड्कीको अवस्था पनि दयनिय नै छ ।
खानेपानी,बत्ती र पर्खालको अवस्था नाजुक देखिएको ईन्चार्ज शुक्रराज शाही बताए । अन्य सेवाप्रवाह स्तरीय छ । तर पुर्वाधार अभावका कारण सोचे जति सेवा उपलब्ध गराउन सकिएको छैन ।स्वास्थ्य संस्थाले राम्रो सेवा दिने गरेको शिक्षक खाम्मा शाही बताउँछन । स्वास्थ्यचौकीमा अपुग दरबन्दी भौतिक पुर्वाधारमा राजनीतिक दल,स्थानीय र स्थानीय सरकारको भुमिका अपरिहार्य रहेको उनी बताउँछन । गाउँकार्यपालिका सदस्य रतिमान कामी स्वास्थ्य संस्थामा खानेपानी, बत्ती र पर्खालका बिषयमा समन्वय भइरहेको बताए ।
नेपाली काँग्रेसका प्रतिनिधि पुर्ण वहादुर शाही स्वास्थ्य संस्थामा देखिएको समस्या तत्काल संवोधन हुनु पर्ने बताउँछन ।यी समस्याको समाधान स्थानीय सरकारले गर्नु पनेएमा जोड दिन्छन । स्वास्थ्य संस्थामा अनिवार्य एम्बुलेन्स हुनुपर्छ । त्यो पनि स्थानीय सरकारले गर्न सकेको छैन । उनले भने,‘ विकासका नाममा भ्रष्टाचार गर्न उन्मुख हुने सरकार स्वास्थ्य संस्थाको लागि बिमुख बनेको छ । ’ हिमा १ का वडाध्यक्ष मुनिराम रावत स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सन्तोषजनक प्रगति भइरहेको बताए । बर्थिङसेन्टर लागू भएबाट मातृमृत्युदर घटेको उनले बताए । उनले आफ्नो कार्यकाल भित्रै खानेपानी,बत्ती र पर्खाल घेरवार पुरा गरेर छाड्ने प्रतिबद्वता जनाएका छन ।

सम्बन्धित समाचार