वडाअध्यक्षले नै जातीय विभेद गरेको भन्दै प्रहरीमा जाहेरी
जुम्ला ः वडाअध्यक्षले जातीय विभेद गरेको भन्दै जुम्लामा जाहेरी दर्ता भएको छ । सिञ्जा गाउँपालिका वडानम्बर ६ का वडाअध्यक्ष कालिबहादुर बुढाले जातीय विभेद गरेको भन्दै पिडित पक्षले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता गराएका हुन । ६वडाका स्थानीय विवेन्द्र नेपालीले जातीय विभेद गरेको प्रहरीमा जाहेरी दिएका छ । त्यस्तै दलित अधिकारकर्मीहरुले कानूनी कारवाही हुनुपर्ने माग गरेका छन् । उनिहरुले प्रहरीले जाहेरी समेत लिन ढिलाई गरेको बताउदै आक्रोसित भएका थिए । जुम्लाका दलित सवालका अधिकारकर्मीहरुले प्रहरीमा जाहेरी दर्ता गराउने दवाव अभियान शुरु गरेका थिए । प्रहरीका अनुसार जाहेरी दर्ता अध्यक्ष बुढा र उनका छोरा नविन बुढाको नाममा भएको छ ।
यता वडाअध्यक्ष बुढाले भने आफुले कुनै प्रकारको शब्दहरु नभनेको भन्दै छोरा सँग सामान्य झगडा भएको बताए । उनले मिडियाले एकतर्फी प्रचार गरेको आरोप लागए । उनले सामान्य झगडाको बिषय १० गते गाउँपालिकामा मेलमिलाप भईसकेको दाबी गरे ।
। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यूवन चौधरीले पिडित यूवाको जाहेरी दर्ता भएको बताए । वडाअध्यक्ष बुढाले अशभ्य शब्द प्रयोग गरेको भन्दै पिडित नेपालीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउन मुद्धा गरिएको छ । उनले आफु न्याय माग्न सदरमुकाम आएपनि ढिलाई भएको गुनासो गरे । तर जुम्लामा जातिय बिभेद धेरै भएपनि पहिलो पटक जाहेरी दर्ता भएको हो ।







