सुनौला हजार दिनका आमालाई ‘पोषण झोला
जुम्ला ः चन्दननाथ नगरपालिकाले सुनौला हजार दिनका आमालाइ पोषण झोला बितरण गरेको छ । चन्दननाथ नगरपालिकाका बहृक्षेत्रिय पोषण योजनाको कार्यक्रमको सहकार्यमा स्वास्थ्य ,महलिा तथा बालबालिका शाखा द्धारा पोषणयुक्त खानेकुरा सहितको झोला बितरण गरेको उपमेयर अप्सरा देवी न्यौपाने (महत)ले बताइन ।उनले भनिन, चन्दननाथ नगरपालिकाका १ र ४ वडाका एक सय ३५ जना सुनौला हजार दिनका आमालाई कोसेली स्वरुप पोषण झोला दिइएको हो । १ र ४ वडामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका र विपन्न, दलित,आमालाई बहृक्षेत्रिय पोषण योजनाको कार्यक्रम अन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको शुरुआत गरेको हो ।उक्त कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाको स्वास्थ्य अबस्था सुधार ल्याउनका लागी ‘पोषण झोला’ वितरण गरिएको हो । उपाध्यक्ष न्यौपाने (महत)ले भनिन, सुत्केरी भएका सुनौउला हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ, ।
कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ।’सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको चनन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरिक्षक,क्षेत्रबहादुर महतले बताए । उनले भने कोसेली पोषण झोलामा एक क्यारेट अण्डा, चार किलो जुम्ली मार्सी चामल ,एक किलो सिमि सिमी र एक किलो दाल ,तेल,चना,एक किलो, ज्ञान चक्की आटा ५ किलोको एक प्याकेट तिन चक्की नुहाउने साबुन ,दुई चक्की कपडा धुने साबुन राखिएको दिइ्एको छ । स्वास्थ्य निरिक्षक महतका अनुसार ,खानेपानी कार्यालय बाट फिल्टर ,सेनिटाइजर ,मास्क लगायतका सरसफाइका समाग्री बितरण गरिएको छ । पालिकाले उक्त कार्यक्रम लागू गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरूका घरपरिवार निकै खुशी भएका छन्।











