जुम्लाका बालबालिकाले एक वर्ष सम्म पाएनन बालपोषण भत्ता

जुम्ला ः चन्दननाथ नगरपालिकाले बालपोषण भत्ता नदिएको भन्दै महिलाहरुले गुनासो गरेका छन । चन्दननाथ नगरपालिकाका केही बालबालिकाले गत्त साउन देखी बालपोषण भत्ता नपाएका हुन । चन्दननाथ नगरपालिका एक तलिचौरकी ललिता परियारले भनिन ,छारी जन्मेको जन्मेको एक वर्ष बढी भयो । १३ दिन भित्रै जन्मदर्ता बनाएका थियौ । बैंक खाता समेत खोलेका छौ , वडाकार्यालयले सबै प्रक्रिया पुरा गरेर नगरपालिकामा पठाएको छ । तर नगरपालिकाले आज भोली भन्दै एक वर्ष बितायो , बालपोषण भत्ता दिएको छैन तलिता परिवारले भनिन । पहिलो चौमासिकमा नै पाउनुपर्ने बालपोषण भत्ता गत्त साउन बाटै नपाएपछि जुम्ला चन्दननाथ नगरपालिका भित्रका महिलाले नगरपालिका घेराउ गरेका छन । उनीहरुले सरकारले दिने बच्चाको सेवा समेत समयमै नदिए पछि नगरघेराउ गर्न बाध्य भएको बताए । बालपोषण भत्ता दिन पटक–पटक आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको महिलाहरुको आरोप छ।

त्यस्तै नगरपालिका–४ की मञ्जु बोगोटीले भनिन , बच्चा जन्मिएको एक वर्ष पुग्न लागी सक्यो अहिले सम्म भत्ता पाएका छैन, । नगरपालिकामा पटक पटक धाउदा समेत कर्मचारीले कैहिले बैकंमा हालेका छौ भनि टार्ने गरेका छन । भने , कहिले अर्को दिन आउनु भनि पठाउने गरेका छन । यस पटक पनि २६ गते बैकं खातामा आउछ भनि घर पठाएका छन ।
नगरपालिकाले महिलालाई वास्ता नगरेको र कसैले भत्ता निकालिएको छ भन्दा आफूहरू अन्योलमा परेको बताउछन । संगै जन्मेका कसैका बच्चाले बालपोषण भत्ता नियमित पाएका छन । हाम्रा बच्चाले एक वर्ष सम्म नपाउनुको कारण के हो रु भन्दै ४ र १ वडामा महिलाले नगरपालिका घेरेका थिए ।

भत्ता पाउने आशमा पटक–पटक नगरपालिका भित्र छिरेपनि आफूहरूलाई कसैले वास्ता नगर्ने गरेको ति महिलाहरुले बताएका छन। महिलाहरु भन्छन संघीयताले हेप्दै लगेको छ। हम्रो पक्षमा बोलिदिने नियम, कानुन, प्रशासन, राजनीतिक नेता छैनन्।’ गत साउन महिनादेखि नै बालपोषण भत्ता दिने वातावरण बनाउन आग्रह गरिएपनि सुनुवाइ भएको छैन । बालबालिकालाई प्रति महिना ४०० रुपैयाँ भत्ता दिइन्छ।

स्थानीय सरकारबाट अरू सुविधा पाउनुको साटो बालपोषण भत्ता समेत कसैलाई दिने र कसैलाइ नदिने गरेकोले महिलाहरु दुखी बनेका छन । उनीहरु काखमा बच्चा बोकी जन्म दर्ता र बैकं खाता हातमा लिएर नगरपालिका पुगेका थिए ।
यता बालपोषणको शाखा हेर्ने राजेन्द्र भण्डारीले भने , ’भत्तामा भइरहेको ढिला सुस्तीबारे गम्भीर बनेको छु । उनले भने ,नपाएका बालबालिकाको लागी यहि २५ गते भित्र बैकंमा जम्म गर्ने ब्यस्था मिलाउने छु । भण्डारीले भने, छुटेका बच्चाको लागी काम भइरहेको र एक दुइ दिन भित्रै प्रक्रिया पुरा गरेर भत्ता बैंक खातामा हाल्ने बताए ।तर कर्मचारीले समयमै जन्म दार्ता इन्ट्री नगरेका कारण ति बच्चाको बालपोषण भत्ता छुटेको बुझीएको छ ।जुम्लाको मुटु मनिने नगरपालिकाको अस्त ब्यस्त सेवाले नागरिक हैरानी भएका छन।