कोरोना नियन्त्रण गर्न ४० लाख बढीको स्वास्थ्य सामग्री सहयोग
जुम्ला ः देशभरसहित जुम्लामा पनि कोरोना माहामारीले प्रभावित बनाएको बनाएको छ । बैशाख पहिलो सातादेखि सुरु भएको कोरोना माहामारी दोस्रो लहर फैलिएको हो । कोरोना माहामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि साँझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्ला र प्लान ईन्टरनेशनल नेपालले ४० लाख ७९ हजार २३१ रुपियाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको हो । कनकासुन्दरी गाउँपालिकामा ९ लाख २ हजार ३२९ रुपियाँ, सिंजा गाउँपालिकामा ७ लाख १५ हजार १२२ रुपियाँ र हिमा गाउँपालिकामा ६ लाख ९४ हजार ३१८ रुपियाँ बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो । त्यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको कोभिड अस्पतालमा १७ लाख ६७ हजार ६१ रुपियाँ बराबरको कोभिड रोकथाम तथा नियन्त्रण सम्वन्धीका स्वास्थ्य सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका संयोजक हेमराज भट्टले बताए । उनले भने कोभिड – १९ दोस्रो लहरको संक्रमण जोखिम न्यूनिकरण, रोकथाम तथा प्रतिकार्यका लागि स्थानीय तहमा सञ्चालनमा रहेका आइसोलेसन केन्द्र र कोभिड अस्पतालका लागि स्वास्थ्य सामग्रीको माग भएपछि पेस नेपाल र प्लान नेपालको साँझेदारीमा सहयोग गरेको हो ।
विगत पाँच बर्षदेखि कर्णाली प्रदेशको जुम्लाका स्थानीय तह हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था हो ।
प्लान नेपाल÷पेस नेपाल जुम्लाको साँझेदारीमा जिल्ला कोभिड संकट व्यवस्थापन समितिमार्फत कर्णाली स्वासथ्य विज्ञान प्रतिष्ठान जुम्लाको कोभिड अस्पताल र स्थानीय तहका हिमा सिजा र कनकासुन्दरी गाउँपालिकाका आइसोलेसन केन्द्रमा स्वास्थ्य सामग्री सहयोग गरेको पेस नेपाल जुम्लाका संयोजक भट्टले बताए ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई १० लिटरको अक्सिजन कन्सनट्रेटर ४ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर २० पिस, सर्जिकल माक्स २० हजार पिस, एननाइटीफाइप माक्स ४५० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३५० वोटल, फेससिट ३५० पिस, पीपीई २०० पिस, ग्लोप्स १२०० उबष्च, ज्भबखथ म्गतथ ग्लोप्स १०० उबष्च सहयोग गरेको हो ।
यस्तै हिमा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ३८ पिस, सर्जिकल माक्स २० हजार पिस, एननाइटीफाइप माक्स ५० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३०० वोटल, फेससिट ३०० पिस, पीपीई १०० पिस, ग्लोप्स ६०० उबष्च, ज्भबखथ म्गतथ ग्लोप्स ५० उबष्च सहयोग गरेको संयोजक भट्टले बताए ।
त्यसैगरी सिंजा गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ७४ पिस, सर्जिकल माक्स १५ हजार पिस, एननाइटीफाइप माक्स ५० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३०० वोटल, फेससिट ३०० पिस, पीपीई १०० पिस, ग्लोप्स ६०० उबष्च, ज्भबखथ म्गतथ ग्लोप्स ५० उबष्च सहयोग गरिएको छ ।
कनकासुन्दरी गाउँपालिकालाई १० लिटरको अक्सिजन कन्सनट्रेटर १ पिस, ४० लिटरको अक्सिजन सिलिण्डर ५ पिस, अक्सिमिटर ८८ पिस, सर्जिकल माक्स २० हजार पिस, एननाइटीफाइप माक्स १०० पिस, ५ सय मिलिलिटरको ह्रयाण्ड स्यानिटाइजर ३०० वोटल, फेससिट ३०० पिस, पीपीई १०० पिस, ग्लोप्स ६०० उबष्च, ज्भबखथ म्गतथ ग्लोप्स ५० उबष्च सहयोग गरेको पेस नेपाल जुम्लाले जनाएको छ ।








