सकरात्मक सोच र जिम्मेवारी बोकेर फर्किएको छु ः प्रजिअ थापा

जुम्ला ः जुम्लाको लागी मनमा सकरात्कम सोच र काँधमा जिम्मेवारी बोकेर फर्किएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले आफ्नो कार्यकालमा गरेको प्रगति बिवरण सार्वजानिक गर्दै यस्तो बताएका छन । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थपाले १३ महिने आफ्नो कार्यकालमा भए गरेका प्रगति बिवरण सार्वजानिक गरेका छन । उनले आफनो कार्यकाल कोरोनाको कहर बिच बितेको अबगत्त गराउदै , दोस्रो लहरको कोरोना रोकथाम संगै जिल्लाको सुशासन,पारदर्शिता कायम तथा विकास निर्माण देखि आर्थिक अनियमितता ढिलासुस्तीका क्षेत्रमा आफ्नो निस्पक्ष कलम चलाउने चारजना पत्रकार , कदर दिई सम्मान प्रदान गरिएको छ । गैससहरुमा किर्डाक नेपाल पेश नेपाल क्याड नेपाल,सेडा नेपाल,ग्रामिण परिबेश,प्लान नेपाल वल्र्डभिजन रहेका छन् । भने, रेडक्रमस,उद्योग बाणिज्य संघलाई कदर पत्र दिइएको छ । कार्यसम्पादनमा उत्साह थप्न उर्जा थप्नका लागि रसामाजिक उत्तरदायित्व बोध गराउनका लागि पत्रकार देखि संघ संस्थालाई सम्मान गरिएको प्रजिअ थापाले बताए । उनले आफ्नो कार्यकालमा बनाइएको सुधार कार्ययोना अनुसार काम गरेको बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा यो बीचमा उनले कोरोना रोकथाम तथा नियन्त्रण देखि सुशासन र शान्ति सुरक्षा कायम गर्न निकै सक्रियता देखाए । सफल पनि भए । कोरोना महामारीकै बीच जुम्लाको सिडिओ बनेर आएका थापा दुई पटक आफै संक्रमित भए । उनी यहाँका हरेक क्वारेन्टिन,आइसोलेसन र कोभिड अस्पतालमा पुगे । संक्रमितको उर्जा बने । आफु संक्रमित हुँदाको अनुभव सुनाउदै हौसला प्रदान गरे । आफु संक्रमित हुँदा समेत कोरोना रोकथाम तथा नियन्त्रणको काम प्रभावित हुन दिएनन । निरन्तर खटिरहे । उनी कोरोना महामारीको मैदानमा कुशलता प्रदर्शन गरिरहेँ ।कोरोना महामारीका बीच गाउँगाउँमा पुगेर सचेतना फैलाउने काम गरे । चित्किसक तथा स्वास्थ्यकर्मीलाई भरोसा दिने काम गरियो । कोरोना संक्रमणबाट बच्न नागरिकलाई सचेत पार्ने काम भयो । जसका कारण पहिलो कोरोना कहरमा कुनै पनि अप्रिय घटना भएनन् । ’। कार्ययोजना अनुसार काम गर्न थालेपछि प्रशासनिक काम गर्न निकै सहज बन्यो । आइसोलेसन र कोभिड अस्पतालको व्यवस्थापनका बारेमा चासो राखे । स्थानीय तह संगको समन्वय बढाए ।
दातृनिकायबाट प्राप्त हुने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने परिपार्टीको विकास भएको छ । प्रमुख जिल्ला अधिकारी थापाले भने,‘जुम्लामा बढ्दो कोरोना संक्रमण दर रोकथाम तथा नियन्त्रणमा गरिएको काम प्रति सन्तुष्ट छु । ’ राजमार्ग सुरक्षा योजना,मनसुन जन्य प्रकोप प्रतिकार्य योजना बनाए । जसले प्रकोप तथा विपदमा शिघ्र उद्धार तथा राहत प्रदान गर्न सहयोग पुर्याएको थियो । जिल्लाको सुशासन कायम गर्न जिल्ला प्रशासन सुधार योजना बनेको छ । प्रशासन सुधार योजना ९५ प्रतिशत कार्यन्वयन भइसेकेका प्रमुख जिल्ला अधिकारीथापले बताए । उनले आफ्नो गृह जिल्ला बाट सरुवा भएर जादा कोरोना विरुद्ध जुट्न हुन सरोकारवाला संग छलफल गरेका छन । उनले अफवाह फैलाएर नकरात्मक टिकाटिप्पणी गर्नु भन्दा महमारीमा एक जुट हुन सबैलाई आग्रह गरे । उनले भने ,प्रशासनले निकै जनपक्षिय काम गरेको छ । आगामी दिनमा यी कामको मुल्यांकन हुनेछ । नागरिकलाई सेवाप्रवाहमा कुनै समस्या आउन दिइएको छैन । कुनै पनि नागरिकले प्रशासन प्रति प्रश्न उठाउने ठाउँ छैन । उनले भने ,पहिलो पटक स्थानीय सिडिओ आउँदा निकै आशा र अपेक्षा थिए ।सबै अपेक्षा संबोधन नहुन सक्छन । तर अधिकांस अपेक्षाको संवोधन गर्न सफल भएको छु । नागरिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन सकेँ ।
कोरोना महामारीका कारण जनसम्बन्ध विस्तार गर्न छलफल,संवाद,भेटघाट घनिभुत रुपमा हुन सकेन । तर जनताको कुनैपनि समस्या संवोधनका लागि अहोरात्र खटिरहे । प्रशासन कार्यालयमा सिसिटिभी जडान गरेर सेवाप्रवाह बारेमा निगरानी गर्ने काम सञ्चालनमा ल्याउन सकिएको उनले बताए ।उनले भने,‘परिस्थिती सहज भएन । जनता संग प्रशासन कार्यक्रम लिएर गाउँमा जाने धोको पुरा हुन सकेन । तर काम गर्ने र काम देखाउनेका लागि सिडिओ बन्नु पर्छ भन्ने सन्देश छर्न सकियो । यसैमा गर्वानुभुति छ । उनको कायअवधि निकै सन्तोषजनक रहेको छ । प्रजिअ थापाको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमा सरुवा सरुवा भएको छ ।