कोरोना संक्रमित र रेडियो गुठी चौरलाई स्वास्थ्य सामाग्री बितरण
जुम्ला ः गुठीचौरको आइशोलेसनमा बसेका संक्रमित र रेडियो गुठीचौरलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ । नेपालि कांग्रेसका जिल्ला सदस्य तथा गुठिचौर गाउँपालिका वडा नम्बर १ का सुमन बस्नेतले गुठीचौरको आइशोलेसनमा बसेका संक्रमित र रेडियो गोठिचौरलाई स्वास्थ्य सामाग्री दिएका हुन । कोरोनाको अग्रमोर्चामा रहेर काम गर्ने संचारकर्मीको स्वाथ्यअवस्थालाई मध्यनजर गर्दै उक्त सामाग्री दिइएको हो ।
रेडियो गुठीचौरको कार्यालयमा पुगेर बस्नेतले मास्क र सेनिटाइजर दिएका थिए । रेडियोमा आबद्ध संञ्चारकर्मीलाई समाचार संकलनका लागि फिल्डमा जादा जोखीम हुने भएकाले कोरोनाको जोखीमलाई मध्यनजर गर्दै स्वास्थ्य सामाग्री सहयोग गरिएको बस्नेतले बताए । उनले कोरोनाबाट सुरक्षित हुन आग्रह समेत गरे । उनले यस्तो महामारीमा आफुले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले केही राहत हुने अपेक्षा गरेका छन। रेडियोमै पुगेर स्वास्थ्य सामाग्री दिदा रेडियो परिवारले आभार ब्यक्त गरेका छन ।
उनले कोभिड १९ संक्रमित भै गोठिचौर गाउँपालिकाको कोभिड अस्पतालमा बस्नु भएका ३३ जनालाई समेत स्वास्थ्य सामाग्री दिएका छन । उनले मास्क,सेनिटाइजर फ्रुटी लगायतको सामाग्री हस्तानतरण गरेका हुन । संक्रमित भएर आइशोलेसनमा बसेका सबैलाइ थोरै भएपनि सहयोग पुगोस भरेर सुमन बस्नेतले यस्तो कार्य गरेका हुन । बस्नेतले गरेको ब्याक्तीगत सहयोगले संक्रमित र रेडियो परिवार हर्षित भएका छन।








