सार्वजानिक सुनुवाईको माग गदै,हिमाको ६ वडा कार्यालयमा ताला बन्दी
जुम्ला ः हिमा गाउँपालिकाको वडा नम्बर ६ माताला बन्दी गरिएको छ । नेपाली कांग्रेसको वडा कमिटिले योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै वडाकार्यालयमा तालाबन्दि गरेको हो ।
वडा सरकारले आर्थिक वर्ष २०७४ देखि २०७७÷२०७८ सम्म सम्पन्न भए÷गरेका योजनाहरुको प्रगति विवरण सार्वजनिक नगरेको भन्दै कार्यालयमा ताला लगाएको वडा कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।उक्त विज्ञप्तिमा ठूला साना गरी २६ वटा योजनाहरुको नाम उल्लेख गरिएको छ।यसका बारेमा वडा कार्यालयले तत्काल पहल चाल्न स्थानीयले माग गरेका छन्। उपराज अधिकारीको नेतृत्वमा तालाबन्दि गरिएको बुझिएको छ।
यता हिमा गाउँपालिका वडा नम्बर ६का वडा अध्यक्ष बलबहादुर रावतले भने , कोरोनाका महामारीले कतिपय योजना हरुको काम नभएको र भएका योजनाको काम सम्पन्न नभएकाले सार्वजानिक सुनाई हुन नसकेको बताए । उनले केही काम सूरु भएका आयोजनाहरुको काम सम्पन्न हुने बितिकै सार्वजानिक सुनुवाई गर्ने बताए । उनले बिरोधको लागी बिरोध नगरेर वडाको बिकासका लागी होतमालो गर्न अनुरोध गरेका छन। उनले थपे कोरोनाका महामारीमा बिकास भन्दा पनि जन्ता बचाउन तिर लागेका हौ ,। उनले सहज परिस्थिती आएको खण्डमा योजनाहरुको प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरे ।









