प्रमुखले अभद्रव्यवहार गरेको भन्दै आयूवेर्दका कर्मचारी प्रशासनको शरणमा ,सबै काम ठप्प

जुम्ला ः आयूवेर्द कार्यालय जुम्लाका प्रमुखले अभद्रव्यवहार गरेको भन्दै सवै जल्ला प्रशासन कार्यालयको शरणमा पुगेका छन् । प्रमुख लाईकर्मचारीहरु कारवाहीको माग गर्दै आयूवेर्द कार्यालय जुम्लामा कार्यरत्त कर्मचारी प्रशासनमा पुगेका हुन । उनिहरुले जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको आयूवेर्द शाखाका प्रमुख देवेन्द्र ठाँकुरले कार्यालयमा जथभावी धम्की तथा गाली गर्ने देखी विभिन्न प्रकारका अभद्र व्यवहार गरेको भन्दै कारवाहीका लागि प्रमुख जिल्ला अधिकारीलाई सयूक्त निवेदन दिएका छन। आयूवेर्द शाखा वडा नम्बर १० का प्रमुख देवेन्द्र ठाँकुरले हामी सवैकर्मचारी माथी अभद्र व्यवहार लगायत पटक पटक मानसिक यातना दिईरहेको बताएका थिए ।

कर्मचारीहरुले कार्यालय प्रमुखले घरयासी कामकाजमा समेत लगाउने र हामी सवै कर्मचारीलाई काममा फर्किन पछि नसकिने अवस्था भएको भन्दै कारवाहीका लागि निवेदन दिएका हुन । निवेदनमा आयूवेर्दका प्रमुख ठाँकुरको व्यवहार जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटालाई सोध्न समेत भनिएको छ ।प्रमुख ठाकुरले कार्यालयमा हात पातनै गर्न खोजेपछि उनका विरुद्ध सवै कर्मचारी आन्दोलित भई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।
आयूवेर्द शाखाका कर्मचारीहरु सुमित्रा आचार्य, छाया उपाध्याय, रञ्जना रावत, गोर्ख बुढा, कमल बुढा, रिता चौधरी, पार्वति रावल, मानवहादुर रोकाया, कर्णबहादुर बुढा सहितका कर्मचारीहरुले हस्ताक्षर गरि कारवाहीको माग गरेका छन् ।शाखा प्रमुख ठाँकुर आए देखी अरु कसैलाई पनि पेश्की पनि नदिने आफुले लिएको रु ७ लाखको पेश्कीको अझै काम नगरेको समेत एक कर्मचारीले बताएका छन् । कोभिडको संकटको समयमा आफु पनि काम नगर्ने जिम्मेवारी नदिई काम समेत हुन नसकेको कर्मचारी बताउछन् ।
केवल हाकिमेपन देखाएर गाली गलौच गरेकाले सवै कर्मचारी आन्दोलनमा उत्रिएका उनिहरुको भनाइ छ । प्रमुख ठाँकुरले कर्मचारीलाई काम गर्ने बाताबरण नदिएका कारण रु १८ लाख जति कामै नभई बजेट फ्रिज जाने भएको कर्मचारीले जानकारी दिएका छन् ।
जिल्ला जनस्वास्वाथ्य कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार पहिले देखीनै कर्मचारीहरुबाट शाखा प्रमुखले धम्काउने गरेको गुनासो आईरहन्थ्यो तर आज के भएको थाहाँ नभएको बताए । हामी विहान कार्यालयमा गएका थियौ । तिमीहरु घर गईहाल भनेर धम्कि दिएपछि हामी उनलाई कारवाही सुरक्षाको माग गर्दै प्रशासनमा आएको कर्मचारी सुमित्रा आचार्यले बताइन । उनले भनिन , अहिले हामी प्रशासनमा छलफलमा भएको समेत बताइन ।

आइतबार कार्यालयमा जादा महिलाहरुले कार्यालयमा काम गर्ने होईन घरमा काम गर्ने हो भन्दै धम्कि दिएका अर्का कर्मचारीले बताए । कार्यालय प्रमुख ठाकुरको फोन नम्बर ९८४३६९९२२३ मा फोन हानेर घटना बुझ्न खोज्दा फोन काटिएको छ । उनले उल्टै प्रहरीलाई फोन गरेर बिचबाटो सम्म प्रहरीले जिल्ला प्रशासन कार्यालय पुरयाएको बताईएको छ ।स्रोतका अनुसार कार्यालय प्रमुख र महिला कर्मचारीहरु जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको बुझीएको छ । जिल्ला प्रशासन कार्यालय दुवै पक्षलाई छलफल गरेर पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले दिए ।

सम्बन्धित समाचार