जुम्लाका स्थानीय तह, जिम्मेवारी नबन्दा ,कोरोना संक्रमित ओसारपोसार गर्न मुस्किल

जुम्लाः स्थानीय तहले निर्णय कार्यन्वयन नगर्दा कोरोना संक्रमित ओसारपोसार गर्न मुस्किल भएको छ ।यही बैशाख १८ गते कोभिड १९ संकट व्यवस्थापन समितिको बैठक बसेको थिया े । बैठकले कोरोना संक्रमित बोक्ने एम्बुलेन्स भाडामा लिने निर्णय गरेको थियो । त्यो भाडा व्यवस्थापनका लागि स्थानीय तहले तीन दिन भित्र एक एक लाख रुपैयाँ जिल्ला विपद समितिको खातामा जम्मा गर्ने निर्णय समेत गरेका थिए ।स्थानीयतहका प्रमुख÷अध्यक्षले निर्णय अनुसार रकम जम्मा गर्न तयार भएको बताए । तर बैठक बसेको तीनदिन बितिसक्दा समेत विपद व्यवस्थापन समितिको खातामा रकम जम्मा गरेका छैन । जसका कारण ,फलस्वरुप अहिले कोरोना संक्रमित बिरामीको ओसारपसारमा निकै समस्या भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले अनुसार स्थानीय तहका प्रमुख ÷अध्यक्षले प्रतिबद्धता गरे बमोजिमको रकम खातामा जम्मा हुन नसकेको बताए । उनले भने , रकम नहुँदा काम गर्न कठिनाई भइरहेको छ ।
बैशाख १८ गते बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाट आठै स्थानीयतहले ३ दिनभित्र एम्बुलेन्स भाडामा लिन १÷१ लाख जम्मा गर्ने निर्णयमा आफै हस्तक्षर गरेका थिए । तीन दिन वितिसक्यो तर रकम जम्मा हुन सकेन । गाउँमा संक्रमित ओसारपोसार गर्न मुस्किल भएको समेत प्रशासनले जनाएको छ ।

स्थानीयतहका प्रमुखहरुले आफै निर्णय गर्ने तर आफै कार्यान्वयन नगर्ने कारणले गर्दा कोरोना नियन्त्रण तथा रोकथाम चुनौतीपुर्ण बन्दै गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । कोभिड संकट व्यवस्थापन केन्द्रमा प्रत्येक स्थानीय तहका प्रमुख÷अध्यक्ष सदस्य रहने व्यवस्था छ ।जुम्लामा विहिवार मात्र ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कुल १८ जनाको पिसिआर जाँच गरिएकोमा ६ जनाको रिर्पोट कोरोना पोजेटिभ देखिएको हो । यो संगै जुम्लामा कोरोना पोजेटिभ हुनेको संख्या ७२ पुगेको छ । जसमा ११ जनाको अक्सिजन दिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रतिष्ठानले जनाएको छ । बाँकी संक्रमित होमआइसोलेसनमा बसेका छन् ।

जुम्लामा दैनिक ६ जनाका दरले संक्रमित बढिरहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।अस्पतालमा श्वासप्रश्वासका विरामीलाई मात्र भर्ना गर्ने भनिएपछि लक्षण देखाएका संक्रमित पनि घरमै बस्न बाध्य हुन ।्जुम्लाका आठै स्थानीयतहले ८ तह कोरोनाको महामारी रोकथामका लागी उदासिन देखीएका छन । प्रत्येक स्थानीयतहले १० बेड आइसोलेसन तयार गरेपनि अक्सिजन सिलिण्डर,चिकित्सक छैनन ।
स्थानीय तहले निर्णय कार्यन्वयन नगर्दा कोभिड विरामीलाई ओसारपसार गर्न सवारी साधन भाडामा लिन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाइँ बताए । जसका कारण गाउँमा भएका संक्रमितहरु असुरक्षित रुपमा घरमा बस्न बाध्य छन् ।

सम्बन्धित समाचार