आत्मनिर्भर बन्ने, प्रयासमा हिमा गाउँपालिकाका महिला

दिलमाया शाही
जुम्ला ःवर्तमान समयमा महिलाहरु विभिन्न सिप सिकेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । महिलाहरु विभिन्न किसिमका सिप सिक्न लागि परेका छन । आफनो हातमा सिप नहुदा भने जस्तो आय आर्जन गर्न समेत नसकिने भन्दै महिलाहरु रोजगार मुलक सिप सिकेर व्यापार व्यवसाय तर्फ आर्कषित बन्न थालेका हुन ।जसका लागी हिमा गाउपालिकाले ४५ दिने होते होजियारी तालिम दिएको छ ।
हिमा गाउँपालिकाकाभरीका ३०वर्ष मुनिका २० जना महिलाले हातेहोनियारी तालिम पाएका छन। न्युनआय भएका महिलालाई विभिन्न आयमुलक सिप सिकायर रोजगारीको ब्यवस्था गर्नका लागी यस्तो सिपमुलक तालिम दिइएको हिमा गाउँपालिकाका उपाध्याक्ष हिमाली रोकायाले बताइन। उनले भनिन, महिलाहरुको लागि सजिलोे पेशा भएकाले पालिकाले यस्ता तालिम दिइएको हो ।
उपाअध्यक्ष रोकायाले थपिन ,महिलाले सिप सिके श्रीमानको जागिरको आशा गर्नु पर्दैन । सिप सिकेर ब्यवसायिक बन्न सकेमा आफै मेहनत गरेर कमाउ छन महिला ।रोकायाले भन्छिन ,सिप सिकौ सिप सिकेर काम गरे भने जुनसुकै ठाउँमा पनि अलपत्र परिदैन भन्ने मेरो भनाई छ । उनले महिलाले ४५ दिनको तालिमले सुइटर ,टोपी मोप्लर , मोजा , पँञ्जा जस्ता सामग्री बनाउन सफल भएका छन। उपाध्यक्ष रोकायाले भनिन , महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत्त उनिहरुलाई यस्तो तालिम दिइएको हो । यो तालिम सिकेका महिलाले ब्यवसाय बन्न चाहेको खण्डमा पालिकाले अनुदान दिने निति पनि ल्याएको छ । हिमा गाउँपालिका वडा न. ५ कि सिता रोकायाले मुसुक्क हास्दैँ भनीन्,–‘राम्रो सिप सिकेर ब्यवसाय बन्ने धोको गाउपालिकाले पुरा गरिदिएको छ । अव त तालिम लिसके मैले नै ब्यवसाय दर्ता गरेर आम्दानी राम्रो गने बताइन ।
यस अघि पनि महिलासंग उपाध्यक्ष कार्यक्रम अन्तरगत्त हिमाका न्युन आयस्रोत भएका महिलालाई सिलाई कटाई तालीम दिइएको थियो । सिलाई कटाई तालिममा अधिकांश गाँपालिका भित्रका बिपन्न महिलालाई लक्षित गरी दिइएको उपाध्यक्ष रोकायाले बताइन । उनले महिलालाई सिप सिकायर यसैमा आत्मनिर्भर बनाउने सोचमा रहेको बताईन् । २० जना महिलाहरुको सहभागितामा भईरहेको तालिमको प्रशिक्षकमा रमा शाही ,दर्शना कुवँर रहेका थिए । गाउँपालिकामा महिलालाई लक्षीत गरेर आयोजना गरिएको सिप सिकाई तालिमबाट महिलाहरु आत्म निर्भर हुन सक्ने महिला अधिकारकर्मी लक्ष्मी कन्या बुढाले बताइन ।








