परम्परागत आरन पेसा लोप हुदै

रामप्रकास बिक
जुम्ला ः यस अघि गुठीचौर गाउपालिकाका ३ गज्र्याङ्घकोटका लालविरे कामी आरण पेसा बाटै जिबिकोपार्जन गर्थे ।उनको लागी कुनै बेला त्यहि पेसा जीविकोपार्जनको माध्यमा वनेको थियो । ६८ वर्षीय कामी आरन पेशा व्यवसायबाटै घरपरिवारका गुजरा चलाउथे । त्यो वेला त्यहाका सबै नागरिकक कृर्षिमा आबद्ध थिए ।खेती पाति गर्दा चाँहिने सबै औजार कामीले राम्रो कमाई बनाउ थे ।उनि देउताको लागी चाँहिने मुर्ति,पञ्च पानस,मेयर पानस,हँस पानस,कुडे कलस,पन्च ,घण्डा,दमाह गाग्री,ताउला,खुकुरि,खुडा,कुटा,कोदाला र फाला लगायतका सबै सामाग्री वनाएर आम्दानि गर्दै आएका थिए । तर अहिले यो पेसा लोप हुने अबस्थामा पुगेको छ ।यो पेसा लोप हुने अवस्थामा पुगे पछि अहिले उनिहरुको जिबिकोपार्जनमा समस्या भएको छ । आरन पेसा दलित समुयको परम्परागत पेशा हो ।यसको संक्षण, र प्रर्बोद्धन नहुदा लोप हुन पुगेको हो । दलित समुदायमा आरन पेशालाई व्यवसायी करण गर्न सकिएमा दलित समुदायको लागी ठुलो लाभ हुने कामी बताउछन ।
आरन पेसाआधुनिकिकरण गर्न आबश्यक
आरन व्यवसाय आधुनिककरण गर्न स्थनिय सरकारले तालिमको व्यवस्थवा गरेमा अझ सहज हुने बताउछन । यो पेसा लोपहुने अबस्थामा पुगेपछि दलित समुदायको जिविको पार्जन गर्न हाम्मे हाम्मे भएको पाइएको छ ।