समुदायमा सचेतना फैलाउदै ,प्रहरी

जुम्ला ः कोरोना संक्रमण बढ्न थालेपछि समुदायमा प्रहरी प्रशासनले जनचेतना फैलाउन थालिएको छ ।सरोकारवाला निकायहरु र स्थानीयहरुको समन्वयमा प्रहरीले माईकिङ गरेर मास्क अनिवार्य लगाउनुपर्ने, दुरी कायम गरेर काम गर्नुपर्ने लगाएतका बिषयमा निर्देशन सहित सचेतना फैलाउन थालेको हो । प्रहरीले आ–आफ्नो प्रहरी चौकी मार्फत स्थानीयको सहयोगमा सवै कार्यक्षेत्रमा सचेतना अभियान शुरु गरिएको बताएको छ । त्यस्तै कोरोनाको समयमा आफु सुरक्षित हुने जिम्मेवारी सबै नागरिकको रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने हाम्रो तर्फबाट प्रहरी परिचालन गरी सचेतनाका कार्यक्रम गरिरहेका छौ ।

तर कोरोना संक्रमण रोकथामका लागि यहाका स्थानियतह राजनितिदल जिम्मेवार देखीएका छैन । जनताले स्वमले पनि बुझ्नु पर्ने आबश्यक देखीएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले नागरिकलाई सचेत बनाउनकै लागी माक्स लगाउनुपर्ने, समाजीक दुरी कायम गरेर काम गर्नु पर्ने जस्ता सचेतनामुलक अभियान जारी राखेको प्रहरी नायव उपरिक्षक दान बहादृर थापाले बताए । उनले भने ,अहिले गाउँस्तरमा समेत प्रहरीले जनचेतना कार्यक्रम थालेको छ ।

सिञ्जा क्षेत्रको हिमा गाउँपालिका १ बड्की प्रहरी चौकीले स्थानीय र सरोकारवाला निकायहरुको समन्वयमा बाजाँगाडा देखी आचार्यलिही सम्मको आफ्नो कार्यक्षेत्रमा माईकिङ गरेर सचेतना शुरु गरेको छ । बड्की प्रहरी चौकीका सहायक निरीक्षक राम प्रसाद चौलागाईले सचेतना फैलाउन शुरु गरिएको बताए ।प्रहरी चौकीले नाग्म गमगडि राजमार्ग क्षेत्रमा अहिले कोरोना रोकथामका बिषयका सन्देसहरु सहित गस्ति गरिरहेको रहेको छ ।

सम्बन्धित समाचार