कर्णाली प्राविधिक शिक्षालयले भर्चुअल कक्षा संञ्चालन गर्ने

जुम्ला ः जुम्ला जिल्लामा अबस्थित कर्णाली प्राविधिक शिक्षालयले भर्चुअल कक्षा संञ्चालन गर्ने भएको छ । शिक्षालयले कोरोना संक्रमणको अवस्थालाई मध्येनजर गर्दै भर्चुअल कक्षा सञ्चालन गर्न लागेको हो । कोभिड–१९ संकट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय,कलेज,ट्युशन सेन्टर र शिक्षालय बन्द गर्ने निर्णय गरे पछि विकल्पका रुपमा भर्चुअल कक्षा सञ्चालन गर्न लागेको पाइएको छ ।

शिक्षा कार्यालयका प्रमुख टेकेन्द्र थापाले कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय लाइ्र्र ध्यानमा राखेर विद्यार्थीलाई घर पठाइसकिएको बताए । उनका अनुसार ,‘विद्यार्थी घर फर्किसकेका छन् । उनले भने ,उनीहरु घर गएपनि अधिकांस समय अध्ययनमा खर्च होस भन्ने हेतुले भर्चुअल कक्षा सञ्चालन गर्न थालिएको हो । उनले थपे ,गत वर्ष लकडाउनका कारण शिक्षालय नखुल्दा विद्यार्थीले नपढेरै परिक्षा दिन वाध्य भए । यो वर्ष भर्चुअल कक्ष, म्यासेन्जर, भाइवर, वाट्सअपबाट पनि कक्ष सञ्चालन गर्न थालिएको हो ।प्रमुख थापाले ज्यान छ त जीवन छ । जीवन छैन त केही नी छैन् ।

त्यही भएर जहाँ रहेपनि स्वस्थ र सुरिक्षत रहँु । शिक्षा आर्जनको पक्षलाई संगै संगसंगै अघि बढाऔँ । शिक्षालयले विद्यार्थीलाई गर्न सक्ने सम्मको सहयोग गर्छ । ’ तर शिक्षालयले भर्चुअल कक्षा संञ्चालन गरे पछि घरविदामा गएका ४० प्रतिशत विद्यार्थी भएको ठाउँमा फोनको सुविधा छैन । भने , १० प्रतिशत विद्यार्थीसंग मोबाइल नै छैन । शिक्षालयमा पढ्नका लागी आउने बिद्यार्थी जाजरकोट ,मुगु ,कालिकोट जस्ता दुर्गम क्षेत्रका बिद्यार्थी हुन । कतिपय ठाउमा फोनको समेत सुविदा छैन । तर शिक्षालयले अनलाईन भर्चुअल कक्ष चलाउँछ, डाँडातिर गएर भएपनि, जताबाट फोन लाग्छ,अनलाइन चल्छ त्यही गएर पढ्ने व्यवस्था मिलाउनु पर्ने बताएको छ । त्यसका लागि सम्बन्धित विद्यार्थीका अभिभावकलाई जानकारी गराइएको छ ।

’विद्यार्थी घर पठाउनु अघि शिक्षालयले सबै अभिभावक संग फोन गरेर विद्यार्थी घर फर्किएको जानकारी गराएको थियो । विद्यार्थी घर फर्किएको छ । लकडाउन कहिले सम्म हुन्छ निश्चित छैन । छोराछोरीलाई अनलाइन लाग्ने सुरक्षित स्थानमा राख्नुहोला भनेर फोन गरेका छौँ,प्रमुख थापाले भने,‘अभिभावकले पनि प्रतिबद्धता जाहेर गर्नु भएको छ ।यो बर्ष बन्दको विकल्प खोजेर भएपनि पठनपाठनको व्यवस्थापन हुनेछ । नपढेर परिक्षामा सहभागि हुने परिपार्टीको अन्त्य हुने छ । बन्दको समयमा शिक्षालयले विद्यार्थीको पठनपठानका लागि गर्न सक्ने सबै उपाय अपनाउन तयार रहेको छ ।कर्णाली प्राविधिक शिक्षालयका अनुसार प्रत्येक दिन ५ वटा बिषयमा अध्ययन हुने छ । अब कापी किताबमा लाग्ने खर्चले मोवाइलमा रिर्चाज गर्नुहोस । भर्चअल,जुम बैठक, म्यासेन्जरमा सहभागि बन्नुहोस । कोर्ष अनलाइनमै पढ्नुहोस । सहायक प्रिन्सिपल र सम्बन्धित विषयको संयोजक संग समन्वय गरेर अनलाइन कक्षको उपयोग गर्न विद्यार्थीलाई आग्रह गरिएको छ ।

विद्यार्थीको हरेक दिनको रेकर्ड राख्ने व्यवस्था गरिएको छ । शिक्षकले हाजिर लगाउनेछन । डाडामा जानुस,लेक चढ्नुस तर भर्चुअल कक्षमा सहभागि हुन नछाड्नुहोस । यो शिक्षालयको अनुरोध हो,प्रिन्सिपल थापाले थपे । भर्चुअल बैठकमा नियमित सहभागि विद्यार्थीको मुल्यांकन पनि हुने बताए । कोरोना संक्रमणको त्रासले शैक्षिक संस्था बन्द गर्ने प्रशासनको निर्णय संगै शिक्षालयको भौतिक उपस्थितीमा पढाई बन्द हुने अवस्था आयो । नियमित पठनपाठनलाई भर्चुअल माध्यमबाट गर्न विद्यार्थीका अभिभावकहरु संग समन्वय गरिने कार्य चलिरहेको शिक्षालयले जनाएको छ ।
शिक्षक, सहायक शिक्षालय प्रमुख लगायत सबैलाई विद्यार्थीको र अभिभावकको नम्बर राखेर पठनपाठन नियमित गर्न आबश्यक सल्लाह गर्न समेत निर्देशन दिइसकेको प्रमुख थापाले बताए ।कर्णालीका १० जिल्लाका सहित देशका विभिन्न जिल्लाका करिब ७ सय ३५ जना विद्यार्थी कर्णाली प्राविधिक शिक्षालयमा अध्ययनरत छन् ।

कोरोना संक्रमण नियन्त्रण नभए सम्मका लागि बैशाख १५ गतेबाट सबै विद्यार्थीलाई घर पठाइएको छ । मोबाईल छैन भनेर समस्या दर्शाउन पाइने छैन् ।कडाईका साथ विद्यार्थीको पढाई अघि बढाइने छ । विद्यार्थी र अभिभावक तयारी अवस्थामा बस्न आग्रह गरिएको छ ।अहिले कर्णाली प्राविधिक शिक्षालयमा कृषि बाली विज्ञान,फार्मेसी, वन विज्ञान, सिभिल ईन्जिनियररिङ, प्रि डिप्लोमा तह कृषि जेटिए र सबै ओभरसियर कार्यक्रमहरु संचालित छन्।