माओवादी संसदीय दलले आधा महिनाको पारिश्रमिक विपद कोषमा जम्मा गर्ने

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलले कोरोना भाइरस रोकथामका लागि प्रदेश सभा सदस्यहरुको आधा महिनाको पारिश्रमिक कोरोना विपद कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

शुक्रवार संसदीय दलका नेता महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले कारोना भाइरस रोकथामको लागि प्रदेश सरकारको निर्णयलाई स्थानीय तह सम्म कार्यनयन गर्नको लागि सरोकारवाला सबैलाई सहजिकरण गर्नुका साथै सबैले लागिपर्नु पर्नेमा जोड दिएको दलका प्रमुख सचेतक सीता नेपालीले जानकारी दिइन् ।

आगामी आर्थिक बर्षको बजेटको लागि सबै प्रदेश सभा सदस्यहरुले सरकालाई आवाश्यक सुझाव पनि दिएका थिए ।

 

सम्बन्धित समाचार