गर्भवतीलाई कोशेली बाड्दै ,उपाध्यक्ष बुढा


तिला गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया बुढा यति बेला गर्भवतीलाई कोशेली दिन ब्यस्त छन । उपाध्यक्ष बुढा सुनौला हजार दिनभित्र आमा बच्चाको पोषणमा सुधार ल्याउनका लागि कोशेली बोकेर गाउँ गाउँमा पुग्ने गरेकी हुन । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र पार्टीबाट तिला गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी बुढा ,जुम्लाका एक नगरपालिका र ७ गाउँपालिका मध्येका बुढा सक्रिय उपाध्यक्षका रुपमा परिचित छन् ।
उन कोरोना संक्रमणको बेला होस् या अन्य जनताको काम होस् निकै तदारुकताका साथ आफ्नो जिम्मेवारी पुरा गर्नेमा पछिपर्ने गरेकी छैन ।

स्थानीय तहको उपाध्यक्ष पदमा निर्वाचित भएदेखि जनताको सेवा गर्ने उद्देश्यका साथ सक्रिय भुमिका निर्वाह गर्दै आएकी हुन । यतिबेला उपाध्यक्ष बुढा गर्भवती र सुत्केरी आमा र बच्चाको पोषणमा सुधार ल्याउनका लागि कोशेली बोकेर गाउँ गाउँमा पुगेको बताउछिन । उनले भनिन ,सुनौला हजार दिन भित्रका आमासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत कोशेली बोकेर गाउँमा पुग्ने गरेकी हु । कोशेली (झोलामा) बच्चालाई न्यानो कपडा, तेल, सावुन, नङकटर र पोषणयुक्त आहारा चना राखिएको छ ।

तिला गाउँपालिकामा ९ वडा छन । ९ वडाकै सुनौला हजार दिनभित्रका १ हजार १ सय ७० जना आमालाई एक साता भरी कोशेली वितरण गर्ने कार्यक्रम रहेको छ ।तिला गाउँपालिका – ४ सापुल्ली गाउँकी गर्भवती महिला अञ्जली शाहीले भनिन् गाउँपालिकाले सुनौला हजार भिनभित्रका भर्गवती र सुत्केरी आमाको पोषणमा सुधार ल्याउनका लागि कोशेली उपलव्ध गराएकामा हामी हर्षित छौ । उनले भनिन ,गाउँपालिका उपाध्यक्ष नै गाउँमा पुगेर यस्तो कोशेली उपलव्ध गराउदा हामीलाई उर्जा मिलेको छ । गर्भवती आमाले पोषिलो खानेकुरा नपाउदा समस्या हुने गरेको थियो । तर अहिले स्थानीय सरकार गाउँपालिकाले सुनौला हजार दिन भित्रका भर्गवती र सुत्केरी आमाको पोषण सुधार गर्नका लागि कोशेली उपलव्ध गराएको छ ।यसले गर्भवती र सुत्केरी आमालाई निकै सहज भएको छ ।

सवैको घर सम्पन्न हुदैनन । विपन्न व्यक्ति तथा घर परिवारमा यो कोशेलीले राहत पुगेको छ ।तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाका अनुसार गाउँपालिका भरीका १ हजार १ सय ७० जना गर्भवती र सुत्केरी आमालाई कोशेली प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रमको तयारी गरेका छौँ । ,उनले भनिन् विशेष गरी भर्गवती र सुत्केरी आमाको पोषणमा सुधार ल्याउनका लागि कोशेली उपलव्ध गराउने कार्यक्रम बनाएका हौँ ।

सम्बन्धित समाचार