राष्ट्यि जनगणना २०७८ को तयारी


जुम्ला ः १२ आँै राष्ट्यि जनगणना २०७८ मा सहि तथ्यांक सकंलनमा गर्नुपर्नेमा जुम्लाका सरोकारवालाले जोड दिएका छन् । जुम्ला सदरमुकाम खलंगामा सोमबार आयोजित राष्ट्यि जनगाण २०७८ को तयारी गोष्ठीका सहभागीहरुले यस्तो जोड दिएका हुन । उनिहरुले कोहि नछुट्ने र कोहि नदोहोरिने गरी २०७८ को जनगणनाबाट सहि तथ्यांक संकलन हुनुपर्नेमा जोड दिएका छन । नेकपा एमालेका पार्टी सचिव आदी प्रसाद न्यौपानेले विगतका गणनाबाट सहि तथ्यांक नआउँदा विकास निर्माणमा बाधा पुगेको बताए । उनले अबको तथ्यांक यर्थात र विश्वसनिय हुनुपर्ने बताए ।
न्यौपानेले ,गणक सम्बन्धीत घरमै नपुगि केहि व्यक्तिबाटै गाउँकै तथ्यांक ल्याउने समस्या भएकोले गणक सबैको घरमा पुगे नपुगेको थाहा पाउने संयन्त्र बनाउनुपर्नेमा समेत जोड दिएका छन । साथै जिल्ला,पालिका र वडास्तरमा जनणनाबारे सचेतना मुलक कार्यक्रमलाई व्यापकता दिन समेत आग्रह गरेका छन । त्यस्तै पत्रकार नवराज शाहिले पनि गरिब परिचय पत्र वितरण जस्तो तथ्यांक नभई जनसंख्या,भाषा भाषी,धर्म जातजाती, व्यवसाय, कृषि सबै क्षेत्रको तथ्यपरक तथ्यांक संकलनमा ध्यान दिनुपर्ने बताए । गोष्ठीमा जनगणना अधिकृत शंकरदत्त भट्टले जनगणनाको आबश्यकता महोत्व, विशेषता र उद्देश्य बारे जानकारी गराएका थिए ।

नेपालमा १२ औ र संघियतापछिको पहिलो राष्ट्यि जनगणना २०७८ लाई सफल पार्न पत्रकार, नागरिक समाज, राजनीतिक दल, कर्मचारी र स्थानीय नागरिकलाई सहयोग गर्न अपिल गरे । जुम्लामा बैशाख १६ गते देखि एकहप्ता सुपरभाइजर गणकलाई तालिम संचालन हुने छ । भने, बैशाख २६ गतेदेखि जेठको १४ गते सम्म पहिलो चरणको जनगाणना शुरु हुने जनगणना अधिकृत भट्टले बताए । साथै, २०७८ को जनगणनाबाट देशम ७० लाख घरधुरी र ३ करोड जनसंख्या पुग्ने अनुमान गरिएको छ । भने, जुम्लामा हाल १ लाख ९ हजार जनसंख्या रहेका २०७८ को गणनामा१ लख २० हजार पुग्ने अनुमान गरिएको छ । पहिलो चरणमा घरधुरी विवरण, पारिवारिक विवरण,कृषि,पशुचौपाय,ऋण,जनता आवास तथा भुकम्प प्रतिरोधि घरको अबस्थाका बारेमा विवरण संकलन गरिने छ । भने, गणक घरघरमा पुगेनपुगेको थाहा पाउन घर नम्बर समेत टाँसिने भएको छ कुन जातजाती भाषाभाषी धर्म, कति छन् ? ।
उनिहरुको आर्थिक,सामाजिक तथा पारिवारिक अबस्था के छ ? र देशको कुल जनसंख्या कति रहेछ भन्ने कुरा पाउन हरेक १० वर्षमा जनगणना आबश्यक रहेको सहायक जनगणना अधिकृत रत्नचन्द्र गौतमले बताए । उहाँले सरकारको नीति कार्यक्रम तथा बजेट ल्याउन, निर्वाचन क्षेत्र निर्धारण गर्न,संघ र प्रदेश सभा सदस्यको सदस्यको संख्या एकिन गर्न,तिनै तहको बजेट निर्माण गर्न,विपन्न नागरिकको पहिचान गर्न,राष्टिय अन्तराष्टिय विकास लक्ष्य मापनगर्न पनि जनगण्ना अत्याआबश्यक विषय रहेको उल्लेख गर्नुभयो ।

उनले , जुम्लामा जनगणनाका लागि ४१ जना सुपरभाईजर र १ सय ५७ जना गणक तोकिएका छन् । जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्किले संघियतापछि पहिलो जनगणना २०७८ लाई सफल पार्न सबै जिम्मेवार हुन आग्रह गरे । सहि तथ्यांक संकलनमा कुनै कन्जुसाई नगरी जेठ असारको कामको सिजनलाई मध्यनजर गर्दै जनगणना गर्नुपर्नेमा जोड दिए ।
जनगणना समन्वय समितिका अध्यक्ष तथा प्रजिअ भुपेन्द्र थापाले देशको नीति निर्माण,बजेट निर्माण,योजना निर्माण तथा सम्पुर्ण सार्वाजनिक सेवा प्रवाह प्रभावकारी बनाउन जनगणना आबश्यक रहेकाले सहि तथ्यांक संकलन सबैको प्रथामिकता रहेको बताए । उनले तथ्यांक लिने र सूचना दिने दुबै पक्षले आफ्नो कर्तव्य पुरा गरेको खण्डमा गलत तथ्यांक नआउने बताए । उनले भने ,राष्ट निर्माणको मार्गनै जनगणना हो । जेठ असार कामको सिजन हुने भएकोले विहान बेलुका अनुकुल समयमा तथ्यांक लिने प्रबन्ध मिलाउनु पर्ने प्रजिअ थापाले उल्लेख गरे ।