बिपन्न बर्गको जिविकोपार्जनमा सहज ल्याउन सीप मुलक तालिम

रामप्रकास बिक

जुम्ला ः गुठीचौरगाउपालिकाका बिपन्न नागरिकको जिबिकोपार्जनमा सहज ल्याउन सिपमुलक तालिम दिइएको छ । न्युनआयस्तर भएका नागरिकका लागी गरिबी निवारणका लागी लघुउद्योम कार्यक्रम मेडपाबाट तिन दिने सिप बिकास तालिम दिइएको हो । उनिहरुलाई आर्थिक बिकासका लागी कुखुरा पालन सम्बन्धि सीप बिकास तालिम दिइएको गुठीचौरगाउपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत मदन प्रसाद देबकोटाले बताए ।उनले भने बिपन्न नागरिकलाई सिप मुलक तालिम दिएर गाउमा रोजगारीको बतावरण सिर्जन गर्नका लागी गूठीचौर गाउँपालिका उद्योग शाखा जुम्लाले यस्तो कार्यक्रम गरेको हो । गोठिचौर गाउँपालिकाको–कोल्तेमा ३ दिने कुखुरा पालिक सम्बन्धी तालिम संञ्चालन गरिएको कार्यक्रम सहजकर्ता देउराम नेपाली बताए । उनका अनुसार उक्त तालिममा १६ जनाको सहभागीता रहेको थियो ।