मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

जुम्ला ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए। प्रदेशसभामा शुक्रबार भएको मतदानमा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरि विश्वासको मत लिएको सभामुख राज बहादुर शाहीले जानकारी दिए। मतदानमा एमालेका चार जना संसाद नन्दसिंह बुढा, प्रकाश ज्वालाले  फ्लोस क्रस गरेका छन्। त्यस्तै फ्लोर क्रस गर्नेमा मुगुको चन्द्र बहादुर शाही, कालिकोटका कुर्मराज शाही लगायत सांसद रहका छन्।३७ जना उपस्थित सांसदमध्ये २२ जनाले उनको पक्षमा मतदान गरेका छन् भने १५ जनाले विपक्षमा मतदान गरे । शाहीको पक्षमा एमालेका चारजना सांसदले मतदान गरेका छन् । पार्टीले गरेको ह्विपविपरीत चार सांसदले फ्लोरक्रस गरेपछि शाहीको पद जोगिएको हो ।