एमालेमा प्रवेश गरेका माओवादी केन्द्रका चार सांसद पदमुक्त

काठमाडौं । माओवादी केन्द्रका चार जना सांसदलाई पद मुक्त गरेको छ । केहि समय पहिला चार जना सांसदले नेकपा एमालेमा प्रवेश गरेका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कैलाली ४ बाट निर्वाचित लेखराज भट्ट, अर्घाखाँचीबाट निर्वाचित टोपबहादुर रायमाझी, रौतहट ३ बाट निर्वाचित प्रभु साह र कैलाली ३ बाट निर्वाचित गौरीशंकर चौधरीलाई पदमुक्त गरेको पत्र पढेर सुनाएका छन्।

माओवादी केन्द्रले चारै जनालाई पदमुक्तका लागि मंगलवार संसद सचिवालयमा पत्र दर्ता गराएका थिए। चारै जना प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री छन्। राजनीतिक दलसम्बन्धी ऐनअनुसार चारैजना सांसद पदमुक्त हुन्छन् ।

 

सम्बन्धित समाचार