जुम्लामा शाही नेतृत्वको प्यानल विजयी

जुम्ला ः नेपाल पत्रकार महासंघ जुम्लामा नेत्रबहादुर शाही नेतृत्वको प्यानल विजयी भएको छ । बुधबार सम्पन्न महासंघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा शाही नेतत्वको प्यालन नै विजयी भएको हो । अध्यक्षमा लक्ष्मीप्रसाद देवकोटा (एलपी) लाई १३ मतान्तरले विजयी गर्दै संघका निवर्तमान उपाध्यक्ष समेत रहेका शाही अध्यक्षमा विजयी भएका हुन् ।
शाहीले कुल ९९ मत खसेको ५६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्धन्द्धी देवकोटाले ४३ मत प्राप्त गरेका थिए ।
संघको उपाध्यक्षमा भरतबहादुर बोहोरा ६२ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्धन्द्धी रामबहादुर नेपालीले ३६ मत प्राप्त गरेका थिए । महिला उपाध्यक्षमा ५४ मत प्राप्त गर्दै दिलमाया शाही विजयी हुँदा उनकी प्रतिद्धन्द्धी गिता शाही ४४ मत प्राप्त गर्दै पराजित भइन् ।एलपी देवकोटाको प्यालनबाट चुनाव लडेकी उनी नेपाल पत्रकार महासंघको जुम्लाको निवर्तमान उपाध्यक्ष समेत हुन् ।
यस्तै संघको सचिव पदका उम्मेदवार निवर्तमान कार्यबहाक सचिव समेत रहेका नौरते नेपालीलाई पराजित गर्दै मानदत्त रावलले ५६ मत प्राप्त गर्दै विजयी भए । एलपी देवकोटा प्यालनबाट चुनावी मैदानमा उत्रिएका नेपालीले मात्र ४२ मत प्राप्त गरेका थिए ।कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा धनलाल बस्नेत ५२ मत प्राप्त गर्दै विजयी हुँदा प्रकाश उपाध्यायले मात्र ४६ मत प्राप्त गर्दै पराजित भए ।
यसैगरी सह–सचिव खुल्लातर्फ सागर परियार विजयी भएका छन् । उनले कुल खसेको ९९ मत मध्ये ५८ मत प्राप्त गरेका थिए । भने उनका निकटतम् प्रतिद्धन्द्धी मधुराज न्यौपानेले ३९ मत प्राप्त गरेका थिए । सह–सचिव समावेशीतर्फ ५८ मत प्राप्त गर्दै रतन वड विजयी भए भने उनका प्रतिद्धन्द्धी भीम बहादुर सानेले ४० मत प्राप्त गरे ।
संघको सदस्य पदको लागि भएको निर्वाचनमा नेत्रबहादुर शाहीको प्यानल नै निर्वाचित भयो । शाहीको प्यानलबाट निर्वाचन लडेका सबै सदस्य विजयी भए । सदस्यहरुमा सबैभन्दा बढी उमेश बुढाले ६० मत प्राप्त गरेका थिए ।
त्यस्तै सदस्यहरुमा गोल्डेन बुढा ५६, कल्पना रावत ५४,कृष्णबहादुर शाही ५२, दत्तबहादुर बुढा ५४, रामप्रकाश वि.क. ५५, विजकली महतारा ५३, सूर्यबहादुर अधिकारी ५४ र हस्तनाथ योगी ५३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
एलपी देवकोटाको प्यालनको तर्फबाट सदस्य पदका उम्मेदवार बनेका कृष्ण बोहोराले ४३, टंकप्रसाद अधिकारीले ३५, तीर्थजंग महतले ३०, नरेन्द्रबहादुर रोकायाले ३५ मत प्राप्त गर्दै पराजित भएका हुन ।
यस्तै पदमबहादुर रोकायाले ३५,मयलाल देवकोटा, मानबहादुर कुँवर र हरिकृष्ण महतले समान ४०÷४० मत प्राप्त गर्दा हिरबहादुर रोकायाले ३९ मत प्राप्त गरेका थिए । सदस्यहरुमा दलित महिला सदस्यतर्फ शिवानी वि.क. र जनजाति सदस्यतर्फ एलपी देवकोटा प्यालनका हिना श्रेष्ठ निर्वाचन अगाबै निर्विरोध निर्वाचित भएका थिए ।
प्रदेश परिषद् सदस्यहरुमा किरण धिताल ५९, तुलाराम रावत सबैभन्दा बढी ७८, देवीप्रसाद पाण्डे र धनबहादुर बुढा समान ६१,शिवा शाही ५९ र शुरबहादुर सिंहले ५८ मत प्राप्त गर्दै विजयी भएका हुन. । देवकोटा प्यानलका उमेश आचार्यले ३८, भीमबहादुर सार्कीले ३९ र रतन नेपालीले ३५ मत प्राप्त गरे ।
परिषद् सदस्यमा विजयी हुने सबै नेत्रबहादुर शाही प्यानलका हुन् ।
यस्तै नेत्रबहादुर शाहीको प्यानलबाट प्रदेश परिषद् सदस्यमा साङ्मु लामा र केन्द्रीय परिषद् सदस्यमा इन्दिरा थारु निर्विरोध निर्वाचिन भएका थिए ।राष्ट्रिय परिषद् सदस्यमा नरेन्द्रनाथ योगी र विजय रावतले कुल ५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । योगी र रावत नेत्रबत्रहादुर शाही प्यानलका उम्मेदवार हुन् ।
यस्तै देवकोटाका प्यानलका तीर्थराज न्यौपानेले ३५ र रमेश आचार्यले ३६ मत प्राप्त गर्दै पराजित भए ।नेपाल पत्रकार महासंघ जुम्लाका कुल १ सय ४ मतदाता मध्ये ९९ जना पत्रकारहरु निर्वाचनमा सहभागी भएका थिए । ५ जना पत्रकार मतदाता अनुपस्थित रहे ।निर्वाचन सफल बनाउन प्रमुख निर्वाचनको अधिकृतको रुपमा वरिष्ठ पत्रकार कर्णबहादुर भण्डारीले जिम्मेवारी सम्हालेका थिए । यस्तै निर्वाचन अधिकृतहरुमा अधिवक्ता अनिता तिमिल्सिना र क्रियाशिल पत्रकार महेश नेपाली रहेका थिए ।








