लागुऔषध मुक्त जुम्ला बनाउन प्रहरी साझेदारी कार्यक्रम

जुम्ला ः लागुऔषध पछिल्ला दिनहरुमा सबैको टाउको दुखाईको विषय बनेको छ । प्रहरीले पटक पटक विभिन्न मात्रमा लागुऔषध सहित सेवानकारीहरुलाई समेत नियन्त्र तथा पक्राउ गर्ने गरेको छ । लागुऔषधमा दुर्वेयशनीमा सबै भन्दा बढी युवाहरु परेको देखीन्छ । यसकोलागी सवै राजनैतिक दल र समाजसेवी तथा जिल्ला बासीको साथ अनिर्वाय हुन आबश्यक रहेको छ । यस्ता खाल्का समस्यालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उच्च सरकारी वकिल कार्यालय, तथा जिल्ला सरकारी वकिल कार्यालय, द्धारा संयुक्त रुपमा लागु औषध तथा दुर्व्यसनी, सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

मुलुकी अपराध संहिता २०७४ मा भएका नयाँ कानुनी प्रावधान ,‘जवरजस्तीकरणी कसुर लगायतका बारेमा कर्णाली प्राविधिक शिक्षालयमा अध्यायरत्त बिद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने , प्रशासनले आयोजना गरेको “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” र “समुदायमा सरकारी वकिल कार्यक्रम”अन्तर्गत एक दिने कार्यक्रम गरिएको हो । नेपाल प्रहरीले जिल्लामा सञ्चालन गरेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियानअन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा सहज हुने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

आगामी दिनमा प्रहरीले यहाँका विद्यालय देखि समुदाय सम्म सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । यस अघि प्रहरीले ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ समुदाय, सामाजिक सङ्घ÷संस्था र विद्यालयसँगको साझेदारीमा बिभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । सचेतनामुलक कार्यक्रम मार्फत प्रहरीले अपराध रोकथाम, शान्ति सुरक्षा ,जस्ता कार्यको बारेमा प्रशिक्षण दिइएको प्रहरी निरीक्षक युवन चौधरीले बताए ।

त्यस्तै प्रहरीले समाजमा घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले बताए । उनले भने , प्रहरीले यो अभियान सञ्चालन गर्नका लागी जिल्लास्तरीय ,स्थानीय तह तथा विभिन्न वडामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन संयन्त्र पनि गठन गरेको छ । उनले ,समुदायलाई लक्षित गरी बालविवाह, दाइजो, प्रथा , छाउपडी प्रथाजस्ता सामाजिक अपराधसम्बन्धी घटना रोक्न गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गर्ने बताए । प्रहरी नायव उपरिक्षक थापाले भने , कर्णाली प्राविधिक शिक्षालयमा अध्यायरत्त बिद्यार्थीहरुलाई लक्षित गरी लागुऔषध, सडक सुरक्षा, साइबर अपराधको विषयमा प्रशिक्षण दिइएको थियो ।