कर्णाली प्रदेशमा कसको कति सिट ?

कर्णाली प्रदेशसभा सदस्यहरुको संख्या ४० रहेको छ । जसमा नेकपा एमालेको २०, माओवादी केन्द्रको १३, नेपाली काँग्रेसको छ र राप्रपाको एक सिट छ । मूलतः कर्णाली प्रदेश सरकार गठन निम्ति २१ सिट आवश्यक पर्छ । यद्यपि नेकपा एमाले भने दुई खेमामा विभाजित छ । ओली पक्षधर प्रदेशसभा सदस्य १२ र माधव पक्षधर आठ भनिएपनि अहिले त्यो अवस्था छैन । बुधबार ओली पक्षधर १० जनाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि नेपाल पक्षधर प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारप्रतिको समर्थन कायमै रहेको धारणा सार्वजनिक गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगिने देखिएको छ ।









