सैनिक र नागरिकको सम्बन्ध बढाउन दौड प्रतियोगिता

दिलमाया शाही

जुम्ला ः नेपाली सेना र नागरिक बिचको सम्बन्ध समधुर बनाउन दौड प्रतियोगिता गरिएको छ । जुम्लामा अवस्थित नन्दबक्स गणले सेना दिवसको अवसरमा दौड प्रतियोगिता गरेको हो । नेपाली सेनाले प्रत्यक्ष नागरिकको सहभागितामा दिवस मनाएको छ । शिवरात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिएको दौड प्रतियोगितामा नागरिकको उत्साहाजनक सहभागीता रहेको छ ।फागुन महिनाको २७ गतेका दिन मनाइने सेना दिवसका अवसरमा ९ किलोमटिर र ५ किलोमटिर दौड प्रतियोगिता गरिएको नन्दबक्स गण जुम्लाका मेजर दिनेश न्यौपानेले बताए । उनले भने , उक्त दौड प्रतियोगितामा नागरिकको सहभागितता महत्वपुण रहेको छ ।

उक्त प्रतियोगितामा निजामति कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मी, स्थानीय युवा क्लब र होटल व्यवसायिको पनि सहभागिता रहको थियो। सेना र नागरिकको सम्बन्ध विस्तारको लागि प्रत्यक्ष नागरिकको सहभागितामा दिवस मनाउन लागिएको नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यम सापकोटाले बताए । प्रतियोगितामा भाग लिने नागरिकलाई आभार ब्यक्त गरेका छन । उनले भने , विगतका वर्ष भन्दा यो वर्ष फरक तवरले दिवस मनाइएको हो । ४५ वर्ष मुनिका र ४५ वर्ष भन्दा माथिका उमेर समूहका नागरिकले पनि प्रतियोगितामा भागसेनाका यस्ता कार्यले नागरिक निर्धक्कतापूर्वक समन्वय गर्न सक्ने भएका छन्। सेनाले समुदायमा बनाएर संरचना निकै गुणस्तरीय र टिकाउ छन ।

‘अब नेपाली सेनाको कामबाट सबैले पाठ सिक्ने बेला आएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने , सेनासँग विकास क्रियाकलापमा हातेमालो गरेर अघि बढ्नुपर्ने देखियको छ । जुम्लास्थित २४ नम्बर बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा जनतामा सेना मेरो साथी भन्ने आभास दिन सफल भएको बताउँछन्।

‘ त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले भने , युद्धकालमा खसेका विस्फोटक पदार्थ डिस्पोज गर्ने, विपद्का बेला आइपर्ने समस्यासँग जुध्नेदेखि शिक्षा, स्वास्थ्य र विकासका सवालमा नागरिकसँग पटकपटक साक्षात्कार भइरहेने जस्का कार्यले सेनाको इतिहास कायम गरेको बताए । यो भनेको नागरिकसँग सेनाको सम्बन्ध सुमधुर बन्दै गइरहेको संकेत हो,’उनले भने, सेना जनताको सेवक हो।

आपत्विपत् परेका बेला साथी हो। ‘सेनाले जनता र स्थानीय सरकारसँग छलफल, समन्वय र सम्बन्धबारे वकालत गरिरहेको छ। नागरिकले सेनाप्रति भरोसा राखोस्। आपत्विपत्का बेलामा सेनाले नागरिकको सुरक्षा दिन सकोस्। हामी समन्वयकारी अवस्था निर्माण गर्न चाहन्छौं।’ जुम्ला नेपाली सेनाको नन्द बक्स गण र २४ नम्बर बाहिनी अड्डा छ। आगामी दिनमा नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन जनमुखी कार्यक्रम गर्दै जाने सेनाले जनाएको छ । नेपाली सैनिक दिवस तथा महाशिवरात्रीको पुर्वसन्ध्यामा जुम्लामा दौड प्रतियोगिता गरिएको छ ।

नेपाली सेना र नागरिक बीचको सम्बन्ध समधुर बनाउन दिवसको अबसरमा नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाको आयोजनामा दौड प्रतियोगिता गरेको हो ।प्रतियोगिता दुई चरणमा संचालन गरिएको थियो । ४० वर्ष माथिकालाई ५ किलोमिटर र ४० वर्ष मुनिकालाई ९ किलोमिटर दुरीको दौड प्रतियोगिता भएको थियो ।जसमा ४० वर्षमाथिका ५ किलोमिटर दौड प्रतियोगिताको प्रथम नरेन्द्र बहादुर मल्ल, दिृत्तिय हरि रोकाया र तृतिय दिल बहादुर रोकाया भएका थिए । भने ४० वर्ष मुनिको ९ किलो मिटर दौड प्रतियोगितामा प्रथम नरेन्द्र बुढा, दिृत्तिय, प्रकाश कठायत र तृत्तिय अंगद धामी भएका हुन् ।
प्रतियोगितामा प्रथम दित्तिय र तृतिय हुने खेलाडीलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजार नगद र प्रमाणपत्रसहित पुरुस्कार प्रदान गरिएको छ । साथै विश्व रेर्कड कायम गरेका अल्ट्रा थावक हरि रोकायालाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो भने प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र दिइएको छ ।