नागरिकको सारथी बन्दै, नेपाल लाइफ इन्स्योरेन्स

जुम्ला ः पछिल्लो समयमा नेपाल लाइफ इन्स्योरेन्स उपशाखा जुम्ला नागरिको सारथी बनेको छ । यस इन्स्योरेन्सले न्युनआय भएका नागरिकको लागी ल्याएको जीवन सारथी बीमा र जिवन सुरक्षा बिमा योजना नै नागरिकको सारथी बनेको पाइएको हो । जीवन बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो अवसरको रुपमा रहेको पाइएको छ। नेपाल लाइफ इन्स्योरेन्स उपशाखा जुम्लाले एक दिने अभिकर्ता पुर्नताजगी प्रशिक्षण तालिम समेत दिइएको छ ।नेपाल लाइफ इन्स्योरेन्स उपशाखामा रहेर काम गर्दै आएका नयाँ र पुराना अभिकर्तालाई लक्षित गरि एक दिने प्रशिक्षण तालिम दिईएको हो ।
नेपाल लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यलय बाट आएका नायब महाप्रबन्धक उमापती पोख्रेल र क्षेत्रीय प्रबन्धक शैलेस कुमार श्रेष्ठले ‘अभिकर्तालाई प्रशिक्षण दिएका हुन ।उक्त प्रशिक्षणमा नेपाल लाइफ इन्स्योरेन्स लगायत अन्य इन्स्योरेन्सका अभिकर्ता सहित ७० जनाको सहभागीता रहेको उपशाखा जुम्लाका प्रमुख राजेश चौलागाईंले बताए । उनले भने,‘सहभागीलाई नेपाल लाइफ इन्स्योरेन्सको बजार मूल्य, इन्स्योरेन्सले दिदै आएको सेवा ‘‘ यसका फाइदा, र बजार व्यवस्थापन सम्बन्धी जानकारी दिइएको हो ।
प्रशिक्षक उमापती पोख्रेलले नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो क्षेत्र फराकिलो बनाउदै गएको दाबी गरेका छन । उनले अरुको तुलनामा नेपाल लाइफ इन्स्योरेन्स एक नम्बर विमा कम्पनी रहेको बताए । उनले नेपाल लाइफ इन्स्योरेन्सको नमुना पहिचान बनाउन कर्मचारीको योगदान महत्वपुण हुने बताए ।
त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सका नवनियुक्त विजिनस कोर्डिनेटर र एजेन्सी म्यानेजरहरुलाई पनि सम्मान गरिएको छ । अगामी दिनमा उत्कृष्ट काम गर्ने नवनियुक्त कर्मचारीलाई नयाँ उर्जा थप्नका लागी सम्मान गरिने लाइफ इन्स्योरेन्स जुम्लाले बताएको छ । जिवन बिमाको सेवा नागरिकहरुको घरदैलो सम्म पुर्याइने इन्स्योरेन्सले प्रतिबद्धता गरेको छ ।
जीवन सारथी बीमा र ,जीवन बीमा ,श्रीमान, श्रीमती (दम्पत्ति) दुवैको संयुक्त नाममा एउटै बीमा पोलिसी भित्र दुवैको जीवन
बीमा हुने अबधारण रहेको छ । यस योजनाको सुन्दर पक्ष हो ।
यसबाट पारिवारिक वातावरणमा एउटा सुमधुर सम्बन्ध स्थापित हुने छ । शिक्षित भई आय आर्जनमा लागेका विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी यस जीवन सारथी बीमा योजना तर्जुमा गर्दै आएको उपशाखा जुम्लाका प्रमुख चौलागाईंले बताए । उनले भने ,आम मानिसमा जीवन बीमा प्रति सकारात्मक धारणा ्र बिमा कम्पनीप्रतिको बिश्वास अभिबृद्धि गर्ने प्रयासको काम गरेको छ । साथै छिटो छरितो मृत्यूदावी भूक्तानीका कारण कम्पनी प्रति आम मानिसको बिश्वास बढ्दै गएको नेपाल लाइफ इन्स्योरेन्स उपशाखा जुम्लाले जनाएको छ ।








