वनस्पति उद्यानको परिचय

वनस्पति उद्यान भनेको वनस्पतिहरुको वैज्ञानिक रुपमा व्यवस्थापन गरिएको जीवित संग्राहलय हो । वनस्पतिहरुको स्वस्थानीय र परस्थानीय संरक्षण, वैज्ञानिक नामाकरण, अध्ययन अनुसन्धान, शिक्षा तथा जनचेतनामा अभिवृद्धि र स्थानीय जीविकोपार्जनमा योगदान पुर्याउनु वनस्पति उद्यानको मुख्य उद्देश्य हो । नेपालमा १२ वटा वनस्पति उद्यानहरु छन्, जुन वनस्पति विभाग अन्तर्गत पर्दछन् । जसमध्ये धिताचौर वनस्पति उद्यान, जुम्ला पनि एक हो । तसर्थ, यसको संरक्षणमा हामीहरु सबै हातेमालो गरौं ।
जीवनका लागि वनस्पति, वनस्पति हाम्रै सम्पति ।
वनस्पति अनुसन्धान केन्द्र जुम्ला द्धारा जनहितमा जारी सन्देश

सम्बन्धित समाचार