छाउपडी प्रथा बिरुद्ध ,सामाजिक बिकास कार्यालयकाे अभियान

जुम्ला ः सामाजिक बिकास कार्यालय जुम्लाले छाउपडी प्रथा बिरुद्धको अभियान सुरु गरेको छ । सामाजिक बिकास कार्यालयले महिला महिनावारी भएको बेला छुट्टै राख्ने पोषिला खानेकुरा खान नदिने जस्ता कुप्रथा बिरुद्धको अभियान जुम्लाको ग्रमिण बस्तीमा चलाएको हो ।।छाउ हुनु फूल फुलेर फल लाग्नु सरह प्राकृतिक नियम भए पनि पुरातनवादी सोचले हाम्रो समाज थला पर्दै गएको छ यदिमात्रै होइन,नेपाल एक पुरुष प्रधान मुलुक भएकै कारणले अझै पनि छोराछोरी बीचको विभेद अन्त्य हुन सकेका्े छैन । त्यस्ता खालका बिभेद अन्तगर्नका लागी र मर्यादित महिनावारी प्रर्वदन र छाउपडी प्रथा निवारणका लागी सामाजिक बिकास कार्यालय जुम्लाले तातोपानी गाउपालिका ८ टोप्ला गाउमा यो कार्यक्रम संञ्चालन गरको हो ।
यस कार्यालयले छाउपडी प्रथा न्युनिकरणका लागी अभियानकै रुपमा कार्यक्रम संञ्चालन गरेको पाइएको छ । जुम्ला जिल्लाका महिलाले महिनावारी हुदा भोग्दै आएका समस्या छाउगोठमा बस्दा हुने असरका बारेमा सामाजिक बिकास कार्यालय जुम्लाले दुई दिने तालिम दिएको हो । महिला महिनावारी हुदा उनीहरुको स्वास्थ्यमा पर्ने असर र महिलाका हक अधिकारको लागी कानुनमा भएका ब्यवस्था, उनिहरुको तेतृत्व बिकासका लागी गरिएका प्रयासका बारेमा प्रशिक्षण दिइएको हो ।पछिल्लो समयमा महिला तथा बालबालिका ,दलित ,जेष्ठ जनागरिकका ,क्षेत्रमा काम गर्दै आएको सामाजिक बिकास कार्यालय जुम्ला र नजिकैको वडा सरकारले उनिहरुको क्षामता अबिृद्धी र नेतृत्वको बिकासका लागी संचेतनाका क्रियाकलाप संञ्चालन गरेका छन ।
सामाजिक बिकासस कार्यालय जुम्लाका सामाजिक बिकास अधिकृत बलविर सुनारले महिला शारिरिक रुपमा सक्षम हुन बालबिवाहा रोक्न आबश्यक रहेको बताए । उनले भने सानो उमेरमा गरिने बिवाहाले महिलाको स्वास्थ्यमा मात्रै होइन ,आर्थिक सामाजिक ,मानसिक लगायतका कुरामा असर पुर्याने गरेको छ । उनले भने, महिलाको नेतृत्व बिकासको बाधा चुलो चौको हो । उनले महि थपे , महलिाले आफूमाथि भएको हिंसामुक्त गर्न आर्थिक अभियानमा सक्रिय बन्न आबश्यक छ ।
महिले चुलो चौकोमा सिमित भएका कारण राज्यले ब्यवस्था, गरेको हक अधिकर कागजमै सितिम भएको छ । त्यस्तै तातोपानी गाउपालिकाका वडा सदस्य नर बहादुर रावतले भने ,महिलाको क्षमता बिकासका लागी स्थानिय सरकार पनी साथमा छ । उनले भने, हामीले उनिहरुका लागी सिपमुलक तालिम दिइएर आर्थिक बृद्धी गर्ने छौ । उनले भने, महिला आफैले पनि सरकारले ब्यवस्था गरेका हकअधिकार प्रयोगमा ल्याउनु पर्छ ,। ्
जब सम्म महिलालाई आर्थिक ,राजनितिक , शैक्षिक ,सामाजिक रोजगारी, सरसफाइर जस्ता कार्यहरुमा सम्मन ब्यवाहार हुर्दैन तब सम्म महिला पुरुष बिचको खाडल पुरिने सम्भावना छैन ।टोप्ला गाउका महिलाले सिलाइकटाई , र च्याउखेती जस्ता सिपमुलक तालिम दिन सामाजिक बिकास कार्यालय जुम्लालाई अनुरोध गरेका छन ।









