अक्षर चिन्दै, जुम्लाका जनजाति महिला

दिलमाया शाही
जुम्ला ः महिला साक्षर भए परिवारैलाई पढ्न प्रेरित गर्ने भएकाले जनजाति महलिाका लागी ३ महिने साक्षरता कार्यक्रम राखिएको छ । जनजाति महिलाका प्रतिनिधि छिरिङ्ग लामु लामा तामाङ्गले जनजाति महिलालाइ्र्र बल्ल अक्षरसँग साइनो जोडिएको बताइन । ‘ उनले भनिन , यो कर्याक्रमले नाम लेख्न र जोडघटाउ गर्न सक्ने बनाउने छ । चन्दननाथ नगरपालिका भित्र रहेका जनजाति महिलाहरुलाई लक्षित गरी साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको छ । सामान्य लेखपढ पनि गर्न नजान्ने महिलाहलाई लक्षित गरी तिन महिनाको लागि साक्षरता अभिवृद्धि कार्यक्रमको सुरुवात गरिएको चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरा देवी न्यौपाने (महतले ) बताइन । उनले भनिन , चन्दननाथ नगरपालिका जुम्लाको सहयोगमा झण्डै ८० भन्दा बढी जनजाति महिला यो कार्यक्रमबाट साक्षर हुने लक्ष्य राखिएको छ । उपमेयर न्यौपालेले भनिन, आफ्नो नाम समेत लेख्न नजाने र मोवाइलमा आएको फोन नम्बर पनि नचिन्ने महिला लाई लक्षित गरी कार्यक्रम संचालन गरिएको छ उनका अनुसार जनजाति महिलामा रहेको निरक्षर दरलाई न्युनिकरण गर्नको लागि साक्षर कार्यक्रम संचालन गरिएको छ ।
शिक्षाले गर्दा रोजगार र आत्मनिर्भर हुन सिकाउने भएकाले जनतासँग उपमेयर कार्यक्रमबाट जनजाति महिलालाई साक्षर बनाईने उनको भनाइ छ । जुम्लामा रहेका अधिकांश जनजाति महिला आफ्नो नाम पनि लेख्न जानेका छैन् । तिन महिनाको अवधिमा उनिहरुलाई नाम लेख्न सिकाउने, अक्षर चिनाउने र सामान्य लेखपढ गर्न सिकाइने ,चन्दननाथ नगरपालिका शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाईल बताए । उनले भने ,‘ अरुको अघि खुलस्त भएर आफ्नो परिचय दिन डराउने महिला यो कक्षाबाट अक्षर चिन्न र लेख्न सक्ने क्षमताको विकास हुने छ ।
साक्षरता कक्षाले जानजाति महिलाको आत्मबल पनि बढाएको छ । साक्षरताले महिलालाई घर र समाजमा सम्मानित पनि महसुस गराएको छ । साक्षरता अभियानले जुम्लाका जनजाति महिलाका लागि अवसर ठुलो अबसर हो । यसले यहाँका महिला साक्षर हुने छन ।चन्दननाथ नगरपालिका जुम्लाको सहयोगमा झण्डै ८० भन्दा बढी जनजाति महिला यो कार्यक्रमबाट साक्षर हुने लक्ष्य राखिएको छ ।









