नगरले फोहोर उठाउन नसकेपछि युवा सडकमा उत्रिए

दिलमाया शाही
जुम्लाको चन्दननाथ नगरपालिकाले एक हप्ता सम्म सदरमुकाम खलंगाको फोहोर उठाउन नसकेपछि युवा सडकमा उत्रिएका छन । हातमा कुचो, बेल्चा लिएर युवा बजार सरसफाईमा जुटेका हुन ।जुम्ला सदरमुकाम खलंगा बजार यूवाहरुले सरसफाई गरेका छन् । हप्तौदेखि चन्दननाथ नगरपालिकाले फोहोर नउठाउँदा दुर्गन्धीत बन्दै गएको छ । बरु कर लेउ,सुन्दर नगर बनाउ’ भन्दै यूवाद्धारा खलंगा बजार सरसफाई गरिएको यूवा धनराज सुनारले बताए । उनका अनुसार यूवा, सुरक्षाकर्मी तथा व्यापारीहरुको सहभागितामा हप्तादेखि थन्कीएको फोहोर यूवाले शनिवार विहान सफा गरेका हुन् ।
हप्तादिन देखि बजारका कुना कुनामा फोहोर थुप्रिदा सम्म पनि नगरपालिका मुकदर्शक भएको प्रति युवा आक्रोसित भएका छन् ।फोहोर व्यवस्थालाई पहिलो प्रथामिकता दिएको चन्दनाथ नगरपालिकाले उपयुक्त डम्पीङ साइटको व्यवस्थापन गर्न नसक्दा पटक पटक फोहोर बजारका कुना कुनामा थन्कीने गरेको छ ।युवा अगुवा धनराज सुनारले भने,“शिक्षा, स्वास्थ्य र सरसफाईको ग्यारेण्टी गर्न सिंहदरवार गाउँमा पुगेको अनुभुति होला सोचिएको थियो । तर नगरभित्रको फोहोर हप्तौँ सम्म उठ्दैन । नगर सुन्दरका नारा एकातिर काम अर्कै तिर भएपछि बजार फोहोर बन्दै गएको छ ।”
फोहोर उठाउन, सेना, प्रहरीकै भर
यसअघि चाडपर्व, दिवशका अवसरमा स्थानीय प्रशासन, सेना, प्रहरी र कर्मचारीले बजार सफा गर्ने गरेका छन । संकलित फोहोर व्यवस्थापन गर्ने डम्पीङ साइड नहुदा नगरपालिका संकटमा छ । तर डम्पीङ साइट व्यवस्थापानका लागि पहल भईरहेको नगरपालिकाले स्रोतले जनाएको छ । नगरपालिकाले लामो समय सम्म फोहोर उठाउन नआएपछि युवाले नेतृत्व गरेर खलंगाको सरसफाई गरेका हुन । सरसफाईमा सुरक्षाकर्मीको सहभागिता थियो । युवा अगुवा धनराज सुनारले भने,“शिक्षा, स्वास्थ्य र सरसफाईको ग्यारेण्टी गर्न सिंहदरवार गाउँमा पुगेको अनुभुति होला सोचिएको थियो । तर नगरभित्रको फोहोर हप्तौँ सम्म उठ्दैन । गफ सुन्दर, सफा र हराबरा नगरको छ तर काम शुन्य । खलंगामा थुप्रिएको फोहोर उठाउनै सक्दैन । ”
जुम्ला विमानस्थल जाने सडक देखि शुरु गरिएको सरसफाई कालेखोली चौक हुदै बसपार्क जाने सडक र जुम्ला बजारको चन्दननाथ भैरवनाथ मन्दिरको आसपासमा गरिएको थियो । बजारको बीचमा पवित्र धार्मिक स्थल छ । जहाँ दैनिक थोरबहुत आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गरिरहन्छन । त्यही बीचको सडकमा फोहोरको थुप्रो लागेको हुन्छ ।
युवालाई स्थानीय व्यापारी र व्यवसायीले समेत साथ दिएका थिए ।
एक हप्ता सम्म न फोहोर उठाउन नगरपालिकाको गाडी आइपुग्यो, नत फोहोर व्यवस्थापनमा नगरपालिकाको चासो नै गयो, युवा व्यवसायी चन्द्रलाल सुनारले भने,“फोहोर उठाउनका लागि नगरपालिकालाई कर तिर्नु पर्ने तर फोहोर थन्किएर दुर्गन्ध सहन गर्नु पर्ने अवस्था रहे किन चाहियो स्थानीय सरकार । व्यापार गरेर निस्केको फोहोर बजारमा थन्किदा बजार फोहोर भइरहने गरेको उद्योग वाण्ज्यि संघका सचिव मेगराज गिरी बताउँछन । उनले भने,“व्यवसायीले जल्ने फोहोर जलाइसकेका हुन्छ । नजल्ने कुहिने सामान थुप्रिएको हुन्छ । यही फोहोर प्रदुर्षण निम्त्याउने गरेको छ । सदरमुकामको फोहोरले महामारी निम्त्याउन सक्ने भएकोले हरेक दिन संकलित फोहोरको व्यवस्थापन गर्न नगरपालिकाले चासो देखाउनु पर्छ ।
”स्थानीय युवा चन्द्रलालले फोहोर उठाउन नगरपालिकाले लापरवाही गरेको खण्डमा संघर्षका कार्यक्रम सार्वजनिक गरेर खबरदारी गर्ने बताए । फोहोर उठाउने बिषयमा हप्ता दिन भित्र कुनै टुंगो नलागेको खण्डमा भिन्न निर्णयका साथ नगरका युवा अघि बढ्छौँ । उनले भने,“ निर्वाचनताका गरिएका स्मार्ट सिटी, सुन्दर नगर, हरियाली र सफा स्वच्छ नगरको नारा कार्यन्वयनमा ल्याउनुपर्छ । जनतालाई दिएको बचन नगरका जनप्रतिनिधिले पुरा गरेको खण्डमा स्वत सुन्दर चन्दननाथ नगर बन्छ । ”








