बैंक खाताको अपचलन गरी आफूखुसी रकम निकाल्दै अध्यक्ष र सचिव

जुम्ला । जुम्ला जिल्लाको सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौरमा बन्ने ‘हाइअल्टिच्युट’ ट्रेनिङ सेन्टर बन्दै छ । उक्त हाइअल्टिच्युट निमार्णकालागीउपभोक्ता समिति बनाउने तयारी थियो । उक्त समितिमा बस्नकोलागि जिल्ला खेलकुद बिकास समितिले जुम्लाले नियम कुल्चेको पाइएको छ ।
यो निमय मिच्ने अरु कोहि नभएर अरुलाई नियम कानून सिकाउने पत्रकार हुन । त्यो पनि पत्रकार महासंघ जस्तो जिम्मेवार संस्थाकाजुम्ला शाखाका अध्यक्ष रहेका छन् ।
महासंघका जुम्ला शाखाका अध्यक्ष पत्रकार महासंघ शाखाका मात्र अध्यक्ष होइनन । उनी जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख पनि हुन ।यीनै अध्यक्ष तथा प्रमुखले आफु उपभोत्ता समितिमा बस्नकोलागी नेपालपत्रकार महासं शाखा जुम्ला अध्यक्ष तथा जिल्ला खेलकुद बिकास समिति जुम्लाका प्रमुख बरमबहादुर महतले हस्ताक्षर निमय मिचको बुझिएको छ ।

महतले पातारासी गाउपालिकाको ३वडा कार्यालयलाई नियम विपरीत पत्र पठाएको पाइएको छ। त्यहाँका स्थानीयले ‘हाइअल्टिच्युट’को रकम हिनामिना गर्नकै लागी महत उपभोक्ता समितिमा बसेकोे आरोप लगाएका छन् । बरमबहादुर महतले मिति २०७६ साल १२ महिना १०गते कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको मौखिक आदेश अनुसार हाइअल्टिच्युट निमार्ण उपभोत्ता समितिका केही पदाधिकारी परिवर्त गर्नु पर्ने भन्दै पातारासी गाउँपालिकाको ३ वडा कार्यालयमा पत्र पठाएको पाइएको छ ।

हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको’ रकम कँहा कसरी आएको छ भन्ने त्यहाँ स्थानीयले पहिला त थाहा नभएको बताएका छन् ।पत्रकार महासं शाखा जुम्लाका अध्यक्ष तथाजिल्ला खेलकुद बिकास समितिको कार्यालय जुम्लाका प्रमुख बरम बहादुर महतले दुई दिन भित्र स्थानिय समिति गठन गरेर खेलकुदको कार्यालयमा आउन निर्देशन पछि मात्र हामीले रकम आएको रहेछ कि के हो भनेर थाहा पाएको स्थानीय अमृत बुढा बताउछन् ।

उनीहरुले ३ नं.वडाका अध्यक्ष बृखराम बुढाको सिफारिसमा प्रत्येक वडाका एक जना गरेर ७ वडाको प्रतिनित्व हुने गरी गोविन्द रावतको अध्यक्षतामा ७ सदस्य हाइअल्टिच्युट’ ट्रेनिङ सेन्टर पातारासी निमार्ण समिति गठन गरेर जिल्ला खेलकुद कार्यालय जुम्लामा सम्झौता गर्न आए ।
समितिको सचिवअमृत बुढा थिए ।अमृत बुढाले भने , ‘खेलकुद विकास समितिका प्रमुख बरम बहादुर महतले यसै कार्यालयमा रकम आउछ भन्दै हामीलाई खेलकुदविकास समितिको लेटर प्याडमा सम्झौता गराए । तर त्यो रकमको लागी स्थानीय उपभोक्ता समिति कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरर्गतको सामाजिक विकास कार्यालय जुम्लामा सम्झौता गर्नेरहेछ।’
महतले आर्थिक हिनामिना गर्नकालागी आफु सचिव बसेको समितिलाई झुक्याएर खेलकुदमा सम्झौता गर्न लगाएको बुढा बताउछन्। महतलेसामाजिक विकास कार्यालय जुम्लामा आएको७५ लाखको रकम जिल्ला खेलकुद विकास कार्यालय जुम्लाको खातामा पठाउन पटक पटक भने , तर
सामाजिक विकास कार्यालय जुम्लाले स्थानियस्तरमा गठित उपभोक्ता समिति संग सम्झौता गर्ने प्रावधान भएपनि झुक्याएर खेलकुदमा सम्झौता गर्न लगाएको, समितिलाई नै फेरी दोस्रो पटक एक महिना पछि सामाजिक विकास कार्यालयमा सम्झौता गर्न बोलाएको बुढाले बताए ।
हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निमार्ण गर्नका लागी नयाँ समितको पदाधिकारीको हस्ताक्षर चल्ने गरी पुरानो समितिले संञ्चालन गर्दै आएको खाता संञ्चालन गरे । हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निमार्ण उपभोत्ता मितिका अध्यक्ष गोबिन्द रावत र बरमबहादुर महतबीच केही प्रतिशत बजेट खेलकुद समितिलाई दिने सहमति भएको गोबिन्द रावतले सुनाए पछि आफुले अस्वीकार गरेको बुढाले बताए ।महतले कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको मौखिक आदेश भन्दै बुढालाई उपभोक्ता समितिबाट हटाउन ३ नं.वडाकार्यालयमा पत्र पठाएर हटाउन लगाए ।
वडा कार्यलयले पनि मन्त्रालयको मौखिक आदेश आएको भन्दै महतले लेखेको पत्रको आधारमा समिति बाट हटाएको बुढा बताउछन् ।
महतको मिलोमतोमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको आर्थिक वर्ष २०७६÷०७७को २२ लाख रुपैयाँ पेस्की स्वरुप कोषाअध्यक्ष शुभ महताराको हस्ताक्षर बिना निकालेको पातारासी ३ नं.वडा अध्यक्ष बृखराम बुढाले बताए ।
यो समिति विवाद भएकोले समिति रद्धगरी दिन हुन भनि जिल्ला खेलकुद बिकास समितिको कर्यालयमा वडा कार्यलयले पत्र पठाएको अध्यक्ष बुढाले बताए । उनले भने, वडाले यो विवादीत समिति खारेज गर्न पत्र पठाएको थियो । तरपत्रको कुनै सुनुवाइ भएन । उल्टै कोषाध्यक्षशुभ महताराको हस्ताक्षर बिना रकम निकाल्न पाइने माईनुट गरिएको भेटियो । यो नियम बिपरित काम भएको छ ।’ हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको नाममा खाइअल्टिच्युट सेन्टर बन्दै छ । उनले थपे ‘प्रदेशले सरकारकारले रकम दिएअनुसारको काम भएको देखीदैन ,काम सम्पन्न भएपछि मात्रै अनुगमनको काम वडाको हो । रकमको बिषयमा कुनै जानकारी छैन ।’

चालू आर्थिक वर्षमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालको सामाजिक विकास कार्यालय जुम्लाअन्तर्गतको २२ लाख रुपैयाँ पेस्की स्वरुप अध्यक्ष रावत र महत उपभोक्ता समितिको सचिव बसेर बजेट निकासा गरेको पाइएको छ । २२ लाख रुपैया पेस्की निकालेर काम गरेको राउतले बताए ।

स्थानिय समति गठन गरी सामाजिक विकास कार्यालय जुम्लासंग सम्झौता गर्ने प्रावधान बारे आफुलाई थाहा नभएको उपभोत्ता समितिका अध्यक्ष गोबिन्द रावतले बताए । उनले भने ,‘उपभोत्ता समितिको संचिवमा खेलकुद कार्यालयको प्रमुख नै बस्न पाउने कार्यविधि रहेको भन्दै अमृत बुढालाई हटाएर खेलकुद बिकास समिसितिका प्रमुख बरमबहादुर महत आफै बसेको हुन ।’
रावतले आफुले अहिले सम्म कार्यविधीनपढेको बताए । उनले भने ,‘कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालको सामाजिक विकास कार्यालय जुम्लामा आएको ७५ लाखको बजेट मध्यबाट समितिको विवादकै कारण ५१लाखफ्रिज भएको छ ।’
नेपालपत्रकार महासं शाखा जुम्ला अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरमबहादुर महत सचिव बसेको उपभोक्ता समितिसंग हाइअल्टिच्युट ट्रेनिङ सेन्टर निमार्ण गर्नका लागी सामाजिक विकास कार्यालय जुम्लाले सम्झौता गरको जुम्लाका सामाजिक विकास अधिकृत बलबीर सुनारले बताए । उनले भने ,‘सम्झौता गर्नु अगाडी समितिमा भएको विवाद थाह छैन । सामाजिक विकास कार्यालय जुम्लाको काम उपभोक्ता समिति संग सम्झौता गरेर भुत्तानी दिने, हो ।’
२२ लाखको पेस्कीदिए पछि हामीले काम सुरु गरे नगरेको बारेमा अनुगमन गर्न गएका थियौ , अधिकृत सुनारले भने ,‘कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले हामीलाई समिति परिवर्तन गर्नु भनेर कुनै लिखित दिएको होइन ।’तर पत्रकार महासंघका अध्यक्ष तथा खेलकुद कार्यालयका प्रमुख महतले, खेलकुद कार्यालयको लेटरप्याडमा कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको मौखिक आदेशले समिति परिवर्तन गर्नु पर्ने भनेर वडा कार्यालयमा पठाइएका रहेछन । तर उक्त पत्र बारेआफ्नो कार्यलयलाई कुनै जानकारी नभएको सुनार बताउछन्। सुनारले भने,‘कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको मौखिक भन्ने कुनै हुदैनन यो किर्ते कागजात बनाएको हो । जसको कुनै आधिकारीकता छैन ।’जुम्ला हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको’ लागी भनेर पहिलो पटक १५ लाख दोस्रो पटक १० लाख र २०७६÷ ०७७को २२ लाख रुपैयाँ सकिएको छ ।

हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको अबस्था भने अस्तव्यस्त बनेको छ । यस वर्षमा पनि कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालको सामाजिक विकास कार्यालय जुम्ला अन्तर्गत ५० लाख रुपैयाँ वजेट विनियोजन भएको छ ।
हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको लागि भनेर आएको बजेट पटकपटक समितिको विवादले फ्रिज जाने गरेको छ ।
पत्रकार महासंघका जुम्ला शाखाका अध्यक्ष तथा जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख बरम बहादुर महतले आफू उपभोक्ता समितीमाकर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको कार्यविधिमा व्यवस्था भए अनुसार उपभोक्ता समितिको सचिव बसेको बताए । उनले भने ,‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको’ रकम हिनामिना गर्ने मेरो कुनै नियत छैन । उपभोक्ता समितीको सबै कागजजात पेस गर्दा पनि रकम समयमै समितिको खातामा आएन । मन्त्रालयमा बुझ्दा स्थानिय अमृत बुढा उभोक्ता समितिको सचिव बसेकै कारण नआएको पाइयो ।’
अमृत बुढाले ठेक्का लिएको एउटा योजनाको काम समयमै सम्पन्न नगरेर कालोसूचिमा परेका कारण उनलाई निकाल्नु परेको हो मतहतले बताए ।

खेलकुद विकास समितिबाट मौखिक आदेश भनेर वडा कार्यलयलाई आफूले कुनै पत्र नपठाएको महतले बताए । समितिका कोषाध्यक्ष शुभ महताराको हस्ताक्षर बिना पेस्की स्वरुप २२ लाख रकम निकालेको मतहतले स्वीकारे । उनले भने ,कोषाध्यक्ष लेखपढ गर्न नजान्ने भएकाले उनको हस्ताक्षर बिना खाता संञ्चालन गर्ने माइन्युटमा निणर्य गरेकाहौँ ।’
महतारा हस्ताक्षर गर्न नसक्ने , ल्याप्चे (औठाछाप) गर्ने भएकाले राष्ट्रिय बाणिज्य बैकलेनमानेको महतले बताए ।
यता कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको समाजिक विकास कार्यालय जुम्लाले भने, हाइअल्टिच्युट ट्रेनिङ सेन्टरको निमार्ण उपभोत्ता समितिमार्फत हुने भएकाले खेलकुद विकास समितिका प्रमुख उपभोक्ता समितीको सचिव बस्ने कुनै कार्यविधिमा नतोकिएको बताएको छ । समाजिक विकास कार्यालय जुम्लामा पठाइएको २०७६ को कार्यविधिमा खेलकुद बिकास समिति जुम्लालाई समन्वयको पाटो रहेको उल्लेख छ ।