घरघरमा न्यानो कपडा पुगेपछि बिपन्न नागरिक दंग


दिलमाया शाही
जुम्ला ः पातारासी गाउँपालिकाको घरघरमा न्यानो कपडा पुगेपछि बिपन्न नागरिक खुसी भएका छन्। जुम्लाको माइनस डिग्र्रीको चिसोमा कठ्यांग्रिदै बस्न बाध्य भएका नागरिकलाई प्रशासले घर अंगनमै पुगेर न्यानोकपडा दिएपछि पातारासीका बिपन्न नागरिक दंग परेका हुन । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले संञ्चालन गरेको न्यानो कार्याक्रमले बेसहारा जीवन गुजारीरहेका सडक मानव र बिपन्न नागरिक हर्षित बनेका हुन । प्रमुख जिल्ला अधिकारीको टोली गाउँमा न्यानो कपडा लिएर पुगेको देखे पछि स्थानीय चकित भए । पातासरासी गाउपालिका ५ बाँता गाउँकी लक्ष्मी महताराले भनिन , हामी न्युन आयस्रोत भएका नागरिकको लागी यहि ठुलो राहत भएको छ ।,

हिउँदको चिसोमा हामीलाई जीवन विताउन कठिन छ ,महताराले भनिन,विपन्न नागरिकका लागि बल्ल सरकार भएको अनुभुति भयो । उनले थपिन ,यो राहतले हामीलाई चिसो कटाउन केही सहज हुने भयो । जिल्ला प्रशासन कार्यालयको यो कार्यले जेष्ठ नागरिक र बालबालिकालाई निकै उत्साहित बनाएको छ । प्रजिअ थापाले माइनस डिग्र्रीको कठ्यांग्रिदो चिसोबाट बिपन्न नागरिकलाई बचाउन न्यानो कार्याक्रम सं्ञ्चालन गरेको बताए ।

त्यस्तै पातारासी ४की बिष्णुमाया बोहोराले भनिन,पहिलेका सिडिओ साप गाउँमा देख्न कठिन हुन्थ्यो ।‘अहिले गाउँमै पुगेर सेवा गर्ने सिडिओ पायौँ । यो गर्व गर्न लायक बिषय हो । सायद जुम्लाबासी सिडिओ भएकोले गाउँमै सेवा पाउन सक्यौँ बोहोराले सुनाइन । उनले भनिन् जुम्लाबासी सिडिओ भएकोले हाम्रा हरेक नागरिकको सुख दुखमा साथ दिने गरेको अनुभुति गरेका छौ । जेष्ठनागरिक र बेसारा नागरिकको मुहारमा खुसी ल्याउन ,प्रशासनले हरेक विपन्न नागरिकको पहिचान गरेर न्यानो कपडा वितरण गरेको छ ।

प्रजिअ थापाले गरेका बोली व्यवहार र न्यायो मायाले बिपन्न नागरिक हर्षित बनेका छन। त्यस्तै चन्नदननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले भनिन, अहिलेका प्रजिअ थापाले सामाजिकक्षेत्रमा गरेका क्रियाकलापले बेसाहरा र बिपन्न नागरिकका लागी अभिभावत्व ग्रहण गरेको छ। । मेयर सेजुवालले बिपन्न नागरिकलाई चिसोबाट बच्न झोलिलो खानेकुरा खान, उमालेको पानी पिउन सुझाजव दिएकी छन ।
जुम्लाको एक नगरपालिका र ७ वटा गाउपालिकाका बिपन्न नागरिकलाई न्यानो कम्बल तथा ज्याकेटबाँडिएको छ । प्रत्ये पालिकाका १५ देखी २१ जना बिपन्न नागरिक पहिचान गरी न्यानो बितरण गरिएको हो ।प्रजिअ थापाले जुम्लामा चिसो समय सुरु भएदेखी विपन्न, अपांग ,असहाय बेसाहारा र एकल महिलालाई न्यानो कपडा दिने अभियानको थालनी गरेका हुन । उनले उनीहरुलाई न्यानो कपडा मात्रै बितरण गरेका छैनन। उनिहरुलाई चिसो बाट न्यानो गर्ने तरीकाको बारेमा समेत जानकारी दिएका छन। एका एक नयाँ ज्याकेट र कम्बल पाउँदा ग्रमिण बस्तीका बिपन्न नागरिक खुसीले मख्ख भएका छन ।

पुस महिना देखिसरकारी राहत संगै मानवियता देखाउदै प्रशासन र प्रहरीको टोली राहत स्वरुप न्यानो कम्बल र जकेट बाड्दै गाउँगाउ पुगेको जुम्लाका प्रहरी नायव उपरिक्षक माधव प्रसाद काफ्लेले बताए । उनले भने जुम्लाका सबै स्थानियतहका , बिपन्न तथा बेसहाराहरुलाई राहत वितरण गरीएको छ । जिल्ला ,विपद व्यवस्थापन कोषबाट चिसो तथा हिमपात पुर्वतयारी योजना अनुसार राहत वितरण गरिको डिएसपी काफ्लेले बताए ।

अहिले प्रहरी र प्रशासनले आफ्नो प्रशासकको जिम्मेवारी संगैे एकल महिला, विपन्न, तथा सडक मानवहरुलाई खोज्दै राहत हौसला दिर्दै हिडेका छन। हिउँदको चिसोमा सडक जीवन बिताइरहेका सडक मानव, जेष्ठनागरिक, बालबालिकालाई न्यानो प्रदान गर्न प्रशासन, सुरक्षाका प्रमुख गाउँगाउँमा पुगेर राहत वितरणको अभियानमा जुटिरहदा नागरिकले सरकारको अनुभुति गरिरहेको अनुसन्धान प्रहरीका प्रमुख शंखर केसीले बताए । उनले भने प्रशासन कार्यालय जुम्लाले हिमपात योजना निर्माण गरेको छ ,जसका कारण विपन्न र सडक मानव प्राथमिकतामा परेका हुन ।

कठ्यांग्रिदो चिसोबाट कसरी बचाउने भन्ने बिषयमा ध्यान केन्द्रीत गर्दै प्रहरी ,प्रशासनले सुरु गरेको विपन्न नागरिकका लागी न्यानो कार्यक्रममा स्थानिय सरकारको पनि साथ सहयोग रहेको थियो । विपद पुर्व तयारी स्वरुप विपन्न र बेसहारा नागरिकको प्राथमिकतामा परेको न्यानो बितरण कार्यक्रम स्थानियतह स्तरमा सकियको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बताए् । उनले भने ,यहाँ माइनस डिग्रीको चिसो छ । रातमा निन्द्रा कटाउन कठिन हुने र दिनमा भोक मेटाउन कठिन हुने नागरिकका लागी यो कार्याक्रम लागु गरिएको हो ।

यो अवस्थामा सबै सरोकारवालले साथ दिन जरुरी छ । उनले भने, जो नागरिकलाई ‘राहत, उद्धार तथा पुर्नस्थापनाका गर्न आबश्यक छ त्यस्ता नागरिकका लागी राज्य तथा स्थानीय प्रशासन तयारी अवस्थामा छ । सबै मिलेर विपन्न तथा वेसहारा नागरिकको रक्षा गर्नु हामी सबैको दायित्व पनि हो । यो हरेक सरकारको दायित्व भित्र पर्छ । ’एकछाक खान, एकसरो लगाउन र एक बास बस्ने अवस्था नभएकाहरुको लागि स्थानीय प्रशासन र स्थानीय सरकार हातेमालो गरेर उद्धार कार्यमा लाग्नु पर्ने उनले बताए । उनले भने , चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्नेका लागि कपडा, खान ,जुटाउन नसक्नेका लागि खाद्यन्न र बाँस नभएकाहरुका लागि पुर्नस्थापनामा जोड दिनुपर्छ । जुम्ला प्रशासनले चिसोबाट बचाउन तीन लाख ५१ हजर बराबरको राहत बाँडेको छ । न्यानो कार्यक्रम अन्तरगत्त ८०जनाई ज्याकेट र १सय ८० जनालाई कम्बल बितरण गरेको हो ।