जुम्लाका ७ वटा सरकारी कार्यालय प्रमुख बिहिन
जुम्ला ः जुम्लाका अधिकांस सरकारी कार्यालय प्रमुख बिहिन रहेका छन। जुम्लामा जाडो महिना सुरु भएपछि सरकारी कार्यालयका प्रमुख बिभिन्न समस्या लियर तराइ तिर झर्ने प्रबिधिका कारण प्रमुख बिहिन भएका हुन । यस कारणले जुम्लाका नागरिक वर्षौदेखि मर्कामा छन् ।हिउदको समयमा कार्यालय प्रमुख बिहिन हुने समस्या नयाँ भने होइन यो लामो समय देखी नै हो । जुम्ली नागरिकको गु्नासो लाई मध्यनजर गर्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा छड्के अनुगमन गरिएको छ ।
प्रजिअ थापाले सरकारी कार्यालय सेवा चुस्त दुस्त बनाउनका लागी छड्के अनुगमान गरेको बताए । जुम्लाका ७ वटा कार्यालयमा समय प्रमुख विहिन रहेको पाईएको छ । प्रशासनले गरेको छड्केमा प्रधान मन्त्री कृषि आधुनिकि करण प्रयोजना कार्यन्वय इकाइ स्याउ सुपोजन जुम्ला ,जनस्वास्थय सेवा कार्यालय जुम्ला , खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय जुम्ला ,अन्तरिक राजश्व कार्याल जुम्ला,तथ्याङक कार्यालय जुम्ला ,उपभोक्ता हक हित संरक्षण मञ्च कार्यालय जुम्ला ,भवन तथा शहरी बिकास कार्यालय जुम्ला र कृर्षि अनुसन्धान केन्द्र बिजय नागर जुम्लाका प्रमुख अनुपस्थित थिए । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने,जुम्लाका २६ वटा कार्यालयमा छड्के अनुगमन गरीएको हो ।
तर २६ वटा सरकारी कार्यालय छड्के गर्दा ७ जना प्रमुख अनुपस्थित थिए ।उनले भने केही कार्यालयका प्रमुखले प्रशासन संग जानकारी दिएर गएका छन ।तर अधिकांस कार्यालय प्रमुखले कुनै जानकारी दिएका छैन ।उनिहरु जिल्ला बाहिर छन या जिल्लामै छन। हामीले छड्के अनुगमन गर्दा कार्यालयमा अनुपस्थित थिए ।यसरी प्रमुख बिहिन बनेका कर्यालयबाट सेवा लिन समस्या भएको सेवा ग्रहीको गुनासो छ । कतिपय कर्यालय लामो समय देखी प्रमुख बिहिन छन ।त्यस कर्यालयमा निमिक्त दिएको छ । तर उनिहरुलाई सामान्य भैपरी आउने काम बाहेक अन्य कामको जिम्मेवारी दिईएको छैन ।प्रमुख बिहिन कार्यालयको दैनिक कामकाज प्रभावीत बनेको छ । जुम्लामा २ सय ३० वटा सरकारी कार्यालय रहेका छन।








