जुम्ला बाट संञ्चालित यातायातको भाडा निर्धारण


जुम्ला ः जुम्ला संञ्चालित छोटो तथा लामो दुरीका सवारी साधनको भाडादरमा निर्धारितगरिएको छ । जिल्ला यातायात ब्यवस्थापना समितिको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको बैठकले भाडादर निर्धारित गरेको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला यातायात ब्यवस्थापना समितिको बैठकले जुम्ला जिल्लाबाट लामो दुरीका सवारी साधन तथा अन्य सवारी साधनले नेपाल सरकारको प्रचलित ऐन कानून बमाजिम जेष्ठ नागरिक ,अपागं तथा महिला सिट आरक्षण र छुटको व्यवस्था प्रभाकारी रूपमा कार्यान्वय नर्गका लागी निणर्य गरेको छ ।

पेट्रोलबाट चल्ने सवारी साधन (भ्यान) हरूले प्रति किलो मिटरको ८का दरले भाडा लिन पाइने निणर्य गरिएको छ । अस्थायी बाटो( कच्ची सडक बस, जीप, भ्यान)ले जम्ला बजार देखि उर्थचौतारा सम्म ५ किलोमिटिरको दुरीमा ५० रुपौया भाडा लिन पाउने छन। त्यस्तै जुम्ला बजार देखी गडीगाउसम्मा २२ किलोमिटरको दुरीमा २२० रुपौया लिन पाउने छन। त्यस्तै जुम्ला बजार देखी गुठी ज्युला सम्म ३५ किलो मिटिरको २४५ रुपैया भाडा लिन पाउने निणर्य गरिएको छ। नाग्मा देखी मुगुको गमगडी सम्मको ९३ किलो मिटरको दुरीमा ६५० रुपौया भाडा तोकिएको छ। जुम्ला बजार देखी मणिसाँघु सम्म २५ किलो मिटरको भाडा दर ३ सय ७५ रुपैया तोकिएको छ ।

त्यस्तै मणिसाँघु देखी चोत्रा सम्मा ८ किलो मिटरको १२० भाडा निर्धारित गरिएको छ । जुम्ला बजार देखी मुगुको गमगडी सम्म १ सय २५किलोमिटिरको भाडा जिपको हकमा १२सय निर्धारित गरिएको छ । भने बसको हकमा एक हजार तोकिएको छ । त्यस्तै छोटो दुरीको पक्की सडकमा बस र जिप (भ्यानले ) जुम्ला बजार देखी उमगाड सम्म २५ रुपैया भाडा लिने छन । जुम्ला देखी लाम्रा सम्म ४० रुपैया तोतोपानी सम्म ६० रुपैया र कुडारी सम्म एक सय रुपैया भाडा कायम गरिएको छ। भने रारालिही सम्म १२० र नाग्मा बजार सम्म १६० रुपैया भाडा लिन पाउने भएका छन ।

त्यस्तै लामो दुरीको सवारी साधन बस, मिनी बस र जिपको लागी पनि भाडादर निर्धारित गरिएको छ । नाग्मा बजार देखी कालिकोट सम्मको ५० किलोमिटिरको दुरीमा २५० रुपैया भाडा तोकिएको छ । भने कालिकोट देखी तल्लो डुङगेश्वर सम्मको ९२ किलो मिटरमा ५५० रुपैया भाडा लिन पाउने छन। त्यस्तै तल्लो डुङगेश्वर देखी सुर्खेत सम्मको ६६ किलो मिटरमा ३३० रुपैया भडा निर्धारण गरिएको छ । त्यस्तै जुम्ला बजार देखी सुर्खेत सम्मको २सय ३२ किलो मिटरको दुरीमा बसको हकमा १हजार १सय ६० रुपैया छ भने , नेपालगञ्ज सम्मको १५सय ४रुपैया भाडा तोकिएको छ । जिपको हकमा जुम्ला देखी सुर्खेत सम्म १३ सय ९०रुपैया भाडा निर्धारित गरिएको छ ।
अटोरिक्साको प्रतिकिलोमिटर १० रुपियाँ
त्यस्तै अटो रिक्साको पनि भाडादर निर्धारित गरिएको छ । जुम्ला बजार देखी उमगाड सम्मको ५ किलोमिटिरको दुरीमा ५० रुपैया तोकिएको छ। भने , उगाड देखी बाईरगाँउ सम्म १३ किलो मिटरको १३० रुपैया निर्धारित गरिएको छ । भने बाइरगाउ देखी नाग्मा सम्मा १४ किलोमिटरमा १४० रुपैया भाडा लिन पाइने जिल्ला यातायात ब्यवस्थापना समिति जुम्लाले जाएको छ । प्रजिअ थपाले भने ,सबै सवारी साधनमा टिकट र भाडादर टाँस्ने ब्यवस्था गरेकाले कुनै पनि यात्रुले आफु नठगिनका लागी टिकट अनबिार्य माग्न अनुरोध गरेका छन।

प्रअिज थापाले उनले भने यस अघि यातायात समिति तथा सवारी साधनका मालिकले मनपरी भाडा असुल्न थालेपछि भाडादर निर्धारण गरिएको हो । लामो दुरीका सवारी साधनले नेपाल सरकारको प्रचलित ऐन कानून बमाजिम जेष्ठ नागरिक अपागं तथा महिला सिट आरक्षण र छुटको व्यवस्था प्रभाकारी रूपमा सबै व्यवसायीले कार्यान्वयन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।सवारी साधनले अनिर्वाय रूपमा पंजिकृत हुनपर्ने र सवारी यात्रुलाई अनिर्वाय टिकटको व्यस्था गरी यात्रुलाई चढाउने र निर्धारित सवारी साधनमा भाडादर सबैले देख्ने गरी टास्नु पर्ने निर्णय गरिएको छ ।