नेकपा प्रचण्ड नेपाल पक्ष द्वारा जुम्लाकाे खलंगामा मसाल जुलुस
जुम्ला ःनेकपा प्रचण्ड नेपाल पक्षले बुधबार साँझ जुम्लाको खलंगामा मसाल जुलुस निकालेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले चालेको असंबैधानिक कदमको बिरोधमा खलंगामा मसाल जुलुस निकालेको नेकपा जुम्लाले जनाएको छ ।सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा समेत नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बिहीबार देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम प्रचण्ड नेपाल पक्षले घोषणा गरेको छ ।
प्रधानमन्त्री ओलीको प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न तयार रहेको नेकपा कर्णाली प्रदेश कमिटिका सदस्य पुर्ण प्रसाद धितालले बताए । उनले भने त्यसैको बिरोध स्वरुप खलंगामा मसाल जुलुस निकालिएको हाे । उनले थपे साथै बिहिबारको आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने जनाइएको छ।







