बिपन्न नागरिकका भरोसा बन्दै ः प्रजिअ थापा

जुम्ला ःजुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले संञ्चालन गरेको न्यानो कार्याक्रमले बिपन्न नागरिक हर्षित बनेका छन। बेसहारा जीवन गुजारीरहेका सडक मानव र बिपन्न नागरिकका लागी प्रमुख जिल्ला अधिकारी यतिबेला भगवान बनेका छन । हिउँदको चिसोमा हामीलाई जीवन विताउन कठिन छ , हिमा गाउपालिका ४ की बैशाकी सार्कीले भनिन,‘विपन्न नागरिकका लागि बल्ल सरकार भएको अनुभुति भयो । यो राहतले हामीलाई चिसो कटाउन केही सहज हुने भयो ,। जिल्ला प्रशासन कार्यालयको यो कार्यले निकै उत्साहित बनायो । प्रजिअले माइनस डिग्र्रीको कठ्यांग्रिदो चिसोबाट बिपन्न नागरिकलाई बचाउन न्यानो कार्याक्रम सं्ञ्चालन गरेका हुन ।प्रमुख जिल्ला अधिकारीको टोली गाउँमा न्यानो कपडा लिएर पुगेको देखे स्थानीय चकित भए ।

’पहिलेका सिडिओ साप गाउँमा देख्न कठिन हुन्थ्यो । एक सय बर्षको उमेयर बताउने हिमागाउपालकिाका जेष्ठनागरिक देवी प्रसाद न्यौपानेले भने, ‘अहिले गाउँमै पुगेर सेवा गर्ने सिडिओ पायौँ । यो गर्व गर्न लायक बिषय हो । सायद जुम्लाबासी सिडिओ भएकोले गाउँमै सेवा पाउन सक्यौँ ।जुम्लाबासी सिडिओ भएकोले यहाँका हरेक नागरिकको सुख दुखमा साथ दिने गरेको अनुभुति स्थानीयले गर्न थालेका छन् ।

जेष्ठनागरिक र बेसारा नागरिकको मुहारमा खुसी ल्याउन ,प्रशासनले हरेक विपन्न नागरिकको पहिचान गरेर न्यानो कपडा वितरण गरेको छ । त्यस्तै कनकासुन्दरी गाउपालिका की सपना सार्कीलाई प्रशासनले दिएको एउटै कम्बलको राहतले बिपन्नको लागी सरकार साथमा रहेछ भन्ने महसुस गराएको छ। बैशाकी ,देवी प्रसाद सपना उदारण मात्रै हुन उनी जस्तै १५ जना कनकासुन्दरीका र हिमाका २१ जना बिपन्न नागरिक राहत पाएपछि हर्षित बनेका छन।प्रजिअ थापाले जुम्लामा चिसो समय सुरु भएदेखी विपन्न, अपांग ,असहाय बेसाहारा र एकल महिलालाई न्यानो कपडा दिने अभियानको थालनी गरेका हुन । उनले उनीहरुलाई न्यानो कपडा मात्रै बितरण गरेका छैनन। उनिहरुलाई चिसो बाट न्यानो गर्ने तरीकाको बारेमा समेत जानकारी दिएका छन।

प्रजिअ थापाले गरेका बोली व्यवहार र न्यायो मायाले बिपन्न नागरिक हर्षित बनेका छन। हिमा गाउपालिकाका उपाअध्यक्ष हिमाली रोकाया ले भनिन, जुम्लाले आफ्नै जिल्लाको प्रजिअ पाएयर होला गाउमै पुग्नु भयो । उनले थपिन , यस अघि जिल्लामा आएका प्रजिअको अनुहार बिपन्न नागरिकले देख्न पाउने गरेका थिएनन् ।अहिलेको प्रजिअ थापाका सामाजिकक्षेत्रमा गरेका क्रियाकलापले बेसाहराको र बिपन्न नागरिकलाई अभिभावत्व ग्रहण गरेको छ। । प्रजिअ थापाले चिसोबाट बच्न झोलिलो खानेकुरा खान, उमालेको पानी पिउन सबै लाई सुझाजव दिएका छन।

न्यानो कम्बल वितरण गर्दै गाउगाउमा पुगेका प्रजिअ थापाले बिपन्न नागरिकलाई चिसोबाट सुरक्षित रहन र आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गरेका हुन । प्रशासनले शनिबार मात्रै हिमाका २१ र कनकासुन्रीका १५ जना बिपन्नलाई न्यानो कपडा बितरण गरेको छ । एका एक नयाँ ज्याकेट र कम्बल पाउँदा ग्रमिण बस्तीका बिपन्न नागरिक खुसीले मख्ख भएका छन । कनका सुन्दरी गाउपालिकाका उपाध्यक्ष उमिर्ला खत्रीले भनिन, प्रजिअ थापाको नेतृत्वमा जुम्लामा न्यानो कपडा बितरणको अभियान मात्रै होइन भन्दै, ओढारमा बस्ने बेवारिस महिलाहरुको उद्धार कार्यको प्रशंसा गरिन। जुम्लामा चिसोबढे संगै जिल्ला प्रशासन कार्यालय जुम्लाले वितरण गरेको न्यानो कम्बल तथा ज्याकेट पाएपछि सयौ बेसाहारा नागरिकहरु खुसी छन् ।

 

पुस महिना देखिसरकारी राहत संगै मानवियता देखाउदै प्रशासन र प्रहरीको टोली राहत स्वरुप न्यानो कम्बल र जकेट बाड्दै गाउँगाउ पुगेको छ ।,अहिले सम्म प्रशासनले चन्दननाथ नगरपालिका, सिंजा गाउँपालिका तातोपानी गाउँपालिका , तिला गाउपालिकाका ,हिमा गाउपालिका गुठीचौर गाउपालिका र कनकासुन्दरी गाउपालिका , बिपन्न तथा बेसहाराहरुलाई राहत वितरण गरेकोे छ ।

प्रमुख जिल्ला अधिकारी थापाले,विपद व्यवस्थापन कोषबाट चिसो तथा हिमपात पुर्वतयारी योजना अनुसार राहत वितरण गरिको बताए ।प्रजिअ थापा आफ्नो प्रशासकको जिम्मेवारी संगैे शनिबारको सदुपयोग गर्दै एकल महिला, विपन्न, तथा सडक मानवहरुलाई खोज्दै राहत हौसला दिर्दै हिडेका छन। हिउँदको चिसोमा सडक जीवन बिताइरहेका सडक मानव, जेष्ठनागरिक, बालबालिकालाई न्यानो प्रदान गर्न प्रशासन, सुरक्षाका प्रमुख गाउँगाउँमा पुगेर राहत वितरणको अभियानमा जुटिरहदा नागरिकले सरकारको अनुभुति गरिरहेका छन प्रशासन कार्यालय जुम्लाले हिमपात योजना निर्माण गरेको छ ।जसका कारण विपन्न र सडक मानव प्राथमिकतामा परेका हुन ।

कठ्यांग्रिदो चिसोबाट कसरी बचाउने भन्ने बिषयमा ध्यान केन्द्रीत गर्दै प्रहरी ,प्रशासनले हरेक विपन्न नागरिकको पहिचान गरेर यानो कपडा वितरण गरेको प्रहरी निरिक्षक नबिन थापा मगरले बताए । प्रशासनलेको न्यानो कार्यक्रममा स्थानिय सरकारको पनि साथ सहयोग रहेको छन । विपद पुर्व तयारी स्वरुप विपन्न र बेसहारा नागरिक प्राथमिकतामा परेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा बताए् । उनले भने ,यहाँ माइनस डिग्रीको चिसो छ । रातमा निन्द्रा कटाउन कठिन छ । दिनमा भोक मेटाउन कठिन छ । यो अवस्थामा सबै सरोकारवालले साथ दिन जरुरी छ । उनले भने,‘राहत, उद्धार तथा पुर्नस्थापनाका लागि स्थानीय प्रशासन तयारी अवस्थामा छ ।अबका दिनमा ’स्थानीयतह पनि विपन्न नागरिकका लागि संवदेनशिल हुनु पर्छ । स्थानीय सरकार पनि जागरुक हुनु जरुरी छ । सबै मिलेर विपन्न तथा वेसहारा नागरिकको रक्षा गर्नुपर्छ । यो हरेक सरकारको दायित्व भित्र पर्छ । ’एकछाक खान, एकसरो लगाउन र एक बास बस्ने अवस्था नभएकाहरुको लागि स्थानीय प्रशासन र स्थानीय सरकार हातेमालो गरेर उद्धार कार्यमा लाग्नु पर्ने उनले बताए । चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्नेका लागि कपडा, खान जुटाउन नसक्नेका लागि खाद्यन्न र बाँस नभएकाहरुका लागि पुर्नस्थापनामा जोड दिनुपर्छ ।