अपराधिक गतिबिधि रोक्न अन्तर जिल्ला सचेतना कार्याक्रम


दिलमाया शाही
जुम्ला ः समाजमा हुने अपराध नियन्त्रण गर्नका लागी जुम्ला र कालिकोटको सिमानामा अपराध न्युनिकरण सम्बन्धी अन्तर जिल्ला सचेतना कार्याक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले दुबै जिल्लाका प्रहरी चौकीलाई संगै राखेर अपराध न्युनिकरण सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।सभ्यसमाज निमार्ण गर्नका लागी प्रहरी प्रशासनको एकल प्रयासले मात्र सम्भव नहुने भन्दै नागरिक आफै सचेत हुन जरुरी रहेको जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने , शान्ति सुरक्षालाई मजबुद गर्न सम्पूर्ण सरोकारवाला निकायको सहयोग र समन्वय हुन आबश्यक छ । कालिकोटको तिलागुफा नगरपालिका ्एकमा पर्ने नाग्मा बजार जुम्लाको हिमा र तिला गाउपालिको सिमानामा पर्छ ,। त्यहा मुख्य गरी मुगु जुम्ला र कालिकोटका नागरिकको बसोबास छ ।

प्रहरी प्रशासनले ब्यपारका नाममा भित्रिने अपराधिक गतिबिधि रोक्नका लागी शनिबार अन्तर जिल्ला अपराध न्युनिकरण सम्बन्धी सचेताका कार्याक्र गरेको हो । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने , सिमा क्षेत्रमा सबै भन्दा अपराधिक गतिबिधिको .दर बढ्दो क्रममा रहेको छ । यस लाई न्युनिकरण गर्नका लागी प्रशासन र प्रहरीले सचेतनाका क्रियाकलापमा जोड दिएको छ । प्रजिअ थापाले जनतासँग प्रत्यक्षरूपमा प्रहरी जोडिने भएकाले अपराधका घटना न्यूनीकरणमा सबै नागरिकको साथ सहयोग हुनु पर्ने बताए ।

नागरिकले प्रहरी देख्दा सुरक्षाको अनुभूति गर्न सक्नु पर्छ । यसमा जनप्रतिनिधिले पनि प्रहरीलाई आबश्यक सहयोग गर्नु पर्छ उनले भने, । प्रजिअ थापाले , अपराध गर्दा दण्ड जरिवाना हुने कुरा नागरिक माँझ स्पष्ट पारे । उनले भने कुनै पनि ब्यपार ब्यवसायका नामामा हुने अपराधको दर घटाउन प्रहरीलाई निरन्तर खबरदारी गर्ने जिम्मा नागरिकको पनि हो । प्रशासनले सामाजिक अपराध लागुऔषध दुर्व्यसनी, बाल बिवाह, बहुविवाहका विषयमा नागरिकस्तरमा सचेतना दिन नाग्मा बजारमा ¥याली निकालेको थियो ।

 

त्यस्तै हिमा गाउपालिकाका उपाध्यक्ष हिमाली रोकायाले भनिन, प्रहरी हाम्रो सुरक्षाको लागी हो भन्ने कुरा सबै नागरिकले बुझ्न जरुरी छ । उनले नागरिकको सुरक्षाका लागी खटिएका प्रहरीको सारथी स्थानिय सरकार हुने प्रतिबद्धता गरिन । उनले थपिन, प्रहरीलाई गाउमा घटेका घटनाको सुचना नागरिकले दिनु पर्छ ।

त्यस्तै प्रजिअ थापालेको नेतृत्वमा कनका सुन्दरीमा रहेको इलाका प्रहरी चौकी निरीक्षण गरिएको छ । प्रहरी चौंकी निरीक्षणमा जादा प्रहरी चौकीमा भएका समस्याका बारेमा जानकरी लिएको छ। प्रजिअ थापाले प्रहरी चौकीमा कार्यारत्त सुरक्षाकर्मीलाई अपराध नियन्त्रण , र नागरिकको शान्ति सुरक्षा थप मजबुद बनाउन दिर्नेशन दिएका छन। उनले भने , शान्ति सुरक्षा दिन र अपराध नियन्त्रण गर्न समस्या भएको खण्डमा जिल्लामा जनाकारी दिन उनले कार्यरक्त प्रहरीलाई अनुरोध गरेका छन ।