फरार प्रतिवादी प्रकाउ गर्दै जुम्ला प्रहरी

दिलमाया शाही
जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लाले फरार प्रतिवादी प्रकाउ गरेको छ । प्रहरीले जिल्ला अदालतले दोषि ठहर गरेका फरार प्रतिबादी खोजीकार्यलाई तीव्र दिएको हो । पछिल्लो समयमा फरार अभियुक्त खोज्नको लागि कडा अप्रेशन थालेको जिल्ला प्रहर िकार्यालय जुम्लाले बताएको छ। खोज अनुसन्धानका क्रममा ४वर्ष देखी फरार पातरासी गा.पा.वडा नं.३ बस्ने ३६ वर्षका गोर्ख बहादुर रावतलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले बन लसुन ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ गरको प्रहरी प्रमुख (डिएसपी) काफ्लेले बताए । उनले भने फरार प्रतिवादी तथा अपराधिगतिबिधि न्युनिकरणको लागी खोजी कार्य तीव्र पारिएको छ । उनले भने, अदालतबाट मिति २०७३।१२।१४ गतेको फैसला आदेशानुसार जिल्ला जुम्ला साबिक छुमचौर गा.बि.स.वडा नं.६ हाल परिवर्तित पातरासी गा.पा.वडा नं.३ बस्ने ३६ वर्षकका गोर्ख बहादुर रावतलाई रु.२४०।(दुई सय चालिस) जरिवाना तोकियोको थियो । उनी अहिले सम्म फरार रहेकोले  खोजतलास गर्दै जाँदा मिति २०७७।१०।१५ गते दिउँसो १३स३० बजेको समयमा प्रहरीले प्रकाउ गरेको हो । उनलाई जुम्लाको पातारासी गा.पा.वडा नं.३ बाट पक्राउ गरी जिल्ला अदालत जुम्लामा पेश गरिएको छ ।

डिएसपी काफ्लेले भने,‘अपराधी उम्कन नपाउने र निर्दोषले न्याय पाउने गरि अनुसन्धान थालिएको छ । अब फरार अपराधी खोजतलासको कामलाई कडाइका साथ अघि बढाइनेछ । उनी भन्छन ,‘शान्ति सुरक्षा, अमनचयन र अपराध न्युनीकरणमा प्रहरी लागि परेको छ । यो कार्यमा जनताले साथ दिन जरुरी छ ।’ जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रण, मदिरा नियन्त्रणको कार्यलाई प्राथमिकतामा राख्दै आइराखेको छ । प्रहरीले यस अघि ६९ वर्षीया महिलाको हत्या गरिएको आरोपमा दुइ जनालाई प्रकाउ गरको थियो ।