प्रतिगमनका बिरूद्व महिला सक्रियता आबश्यक छ ःनेकपा प्रदेश कमिटी सदस्य बुढा


जुम्ला ः नेकपा कर्णाली प्रदेश कमिटिका सदस्या तथा महिला नेतृ लक्ष्मीकन्या बुढाले प्रतिगमनका बिरूद्ध महिला सक्रियता आबश्यक रहेको बताइन । उनले हिमा गाउपालिकामा भएको अखिल नेपाल महिला संघ(अनेमसंघ)को भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो बताएकी हुन। उनले भनिन ,प्रतिगमनका बिरूद्व बिनसा रोकायको संयोजकत्वमा ६१ सदस्यीय संघर्ष समिति गठन भएको छ। उनले भनिन खराब नेतृत्वले गलत कदम चाल्दैगर्दा महिला सक्रियातको आबश्यक छ।

ठिक नेतृत्वलाई प्रसन्न पार्न, ब्यक्तिगत्त स्वार्थ हडप्नको निम्ती महिला नेतृत्वको आबश्यक छ। उनले भनिन, हामीले गलत कदमलाई फुलको माला लगाउने प्रबिधि हटाउदै जानु पर्छ । प्रतिगमनका बिरूद्ध हाम्रो चर्को बिरुध आबश्यक छ । जब सम्म हामी कालोलाई कालो र सेतो लाई सेतो खेख्न सक्दैनौ तब सम्मा गरिब निमुखाहरु बलिको बोका नै बन्नुपर्ने हुन्छ । हिजो सामान्ती दलाल ,पुजिबादको विपक्षमा लडेर आज स्वयंम सामान्ती बनेका हरु सङको हो अबको लडाइ हामी महिला बाट सुरु हन्छ ।

अखिल नेपाल महिला संघ(अनेमसंघ) हिमागाउपालिका जुम्लाले आयोजना गरेको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। हिमा गाउपालिकाका उपाध्यक्ष हिमाली रोकायाले भनिन, राज्यले ३३ प्रतिशत महिला सहभागीताको ब्यवस्था गरको छ। तर हामीलाई ५० प्रतिशत हुनु पर्छ । उनले भनिन,स्थानिय तहमा महिला जनप्रतिनिधि छन तर उनिहरु आफ्नै भूमिकाप्रति सन्तुष्ट छैनन् महिलाका निम्ती बनेको कानुन कागजमै सिमित छन।

राज्यले दिएको अधिकार कार्यान्वयन गर्न हाम्रो संर्घषरक्त हुनु पर्छ । महिला ‘हामी आफैंले पनि आफ्नो जिम्मेवारी माग्न सक्नु पर्छ । अझै पनि महिलाको कुरा सुनुवाइ भएको छैन । महिला नेतृत्व सक्षम बनाउन शिक्षा, स्वास्थ्य रोजगारी जस्ता कुराको वस्थापन गर्न आबश्यक छ । हिमागाउपालिकामा भएको भेला तथा प्रशिक्षण कार्यक्रम बिनसा रोकायाको अध्यक्ष र ,लक्ष्मीकन्या बुढा प्रमुख अथिति रहेका थिए ।