अग्निपीडितलाई मलहम लगायर फर्कियो ,प्रजिअ थापाको टोली


जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको टोली आगलागी घटनाका पिडितलाई मलहम लागाएर फर्किएको छ। जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश विपद व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखा , जिल्ला स्थित किर्डार्क नेपाल , नेपाल वल्ड भिजन र पेश नेपाल लगायत अन्य गैससले उपलब्ध गराएको राहत बितरण गरेर प्रजिअ थापाको टाली फर्किएको हो ।

अन्नि पीडितलाई प्राप्त भएको सहयोग खाद्यान्न ,भाँडाकुँडा ,चामल ,ज्याकेट, त्रिपाल ,लगायतका राहत साम्रगी रहेको प्रजिअ थापाले बताए । उनले भने , कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी ,कर्णाली प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ र पदम रोकाया , जिसस कार्वाहक प्रमुख कार्मा बुढा र तिला गाँउपालिका उपाध्यक्ष बिष्णु बुढाको संयुक्त उपस्थितमा राहत दिइएको छ। प्रजिअ थापाले भने ,हामीले घटना स्थल अवलोकन गरेर राहत साम्रगी वितरण गरेका छौ । उनले ,यस राहत संकलन कार्यमा जुट्ने सम्पूर्ण सहयोगी मनहरुलाई आभार व्यक्त गरेका छन ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विपद् व्यवस्थापन समितिको बैठक बसेर प्रशासनमा भएको निणर्य आनुसार ५ जनासम्मको परिवारलाई १५ हजार र ५ जनाभन्दा बढी परिवार भएकालाई २० हजार रुपैयाँका ५ लाख तिस हाजार नगद दिएको बताए ।उनले भने ,गोठीगाउँमै पुगेर नगद राहत वितरण गरिएको छ ।खाद्यन्न लिएर गाउँमै जान सडकको पहुँच नभएकाले अग्निपीडितको पीडामा मलहम लगाउन कर्णाली प्रदेशसरकारका मन्त्रीको टोली संगै हेलिकप्टरमार्फत गयर राहत दिएका छौ । उनले भने , ३२ घरलाई तत्काल पुग्ने खाद्यान्न, नुन तेल, भाडा, कम्बल ,धोती जिसकपडा लगायतको राहत दिएका छौ ।गाउँमा पुग्ने कच्ची सडक खनिए पनि तिला नदीमा पुल नहुँदा सवारी साधन चन्दैनन् । छिटोछरितो आगो नियन्त्रण गर्न दमकलको पहुँच थिएन सुक्खा खडेरी र पानीको स्रोत पर्याप्त नहुँदा समयमै आगो नियन्त्रणमा आउन नसकेपछि ३२ घर जलेर नष्ट भएका हुन ।

३२ घरधुरीका २ सय ५८ घरपरिवार विचल्लीमा
तिलाका ३२ घर, खरानी भय पछि २ सय ५८ घर परिवार बिचल्लीमा परेका छन। गोठीगाउँका बरब रोकायाको घरबाट खाना पकाउने चुलोको पाइपबाट एक्कासि सल्किएको आगोले गाउँ नै खरानी बनाएको त्यहाका स्थानियले बताएका छन। एउटा घरमा सल्किएको आगोले ५४ घर मध्ये ३२ घर जलेर नष्ट भएका हुन् । सदरमुकाम खलंगादेखि पश्चिमतिरको दक्षिणी भेगमा पर्ने गोठीगाउँमा ४५ मिनेट सवारी साधन र त्यसपछि ३ घन्टाको पैदलमा पुगिन्छ ।

बालबालिका, र ज्येष्ठ नागरिक बढी प्रभावित
आगलागीबाट सबै भन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक प्रभाबित भएका छन। जुम्लाको माइनस डिग्रीको कठ्यांग्रिँदो जाडोका कारण उनीहरु थप समस्यामा परेका हुन । उनीहरु अब खुला आकाशमुनि बस्नुको विकल्प छैन । आग्लागी पीडित कोही पाल टाँगेर बसेका छन् भने कोही नजलेका घरछेउको आड लिएर बसिरहेका छन् ।गोठी गाउँमा रहेका ५४ मध्ये ३० घर जलेर पूर्ण रूपमा नष्ट र २ घर आंशिक क्षति भएको प्रहरीको प्रतिबेदनमा छ । अन्य २४ घर बचाउन सफल भएको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक नवीन थापा मगरले बताए । प्रहरी मुचुल्काअनुसार गोठीगाउँ आगलागीबाट मानवीय क्षती भने भएको छैन । तर करिब ३ करोड १८ लाख बराबरको भौतिक धनमालमा नोक्सानी पुगेको छ । ३२ घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडावर्तन सबै जलेर नष्ट हुँदा ३ करोड १८ लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक थापा मगरले बताए । चुल्होको पाइपबाट आगोको झिल्को बाहिर गएर छतमा राखिएको घाँसबाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

१ सय ३२ पशुचौपाया
आगलागीबाट ९२ गाईगोरु, ४० भेँडाबाख्रा, २० वटा खरायो र २६ कुखुरा जलेर मरेको स्थानीयले बताए । त्यस्तै, २ सय ४८ क्विन्टल अन्नपात, ६ लाख ४७ हजार बराबरको लत्ताकपडा जलेर नष्ट भएको स्थानीय परबहादुर रोकायाले बताए । यस्तै, गोठीगाउँमा पानी संकलन पोखरीको निर्माण सामग्री जलेर नष्ट भएको आयोजना उपभोक्ता समिति अध्यक्ष धर्मराज रोकायाले बताए । उनले भने, ‘साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाको सहयोगमा पानी संकलन पोखरीका निर्माण सामग्री जलेर नष्ट भएका छन् ।

५० प्याक ओपीसी सिमेन्ट, १६ एमएमको ५ बन्डल फलामे छड र २ सय प्याक बालुवा नष्ट भएको हो ।’त्यस्तै, सिँचाइ आयोजनाको कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा) जुम्लाको २० एमएमको १५ सय मिटर पोलोथिन पाइप र सीआईपी, २ सय एमएमको ३ सय मिटर पोलोथिन पाइप पनि जलेर नष्ट भएको छ । भने स्थानीय लालबहादुर रोकायाको किराना पसलको २ लाख ५० हजार बराबरको सामग्रीमा क्षति पुगेको छ ।

सम्बन्धित समाचार