अग्निपीडितलाई सांसद रोकायाको एक महिनाको तलब

जुम्ला ः कर्णाली प्रदेश जुम्ला (ख) का प्रदेश सभा सदस्य पदमबहादुर रोकायाले एक महिनाको तलब अग्नि पीडितलाई दिएका छन। रोकायाले अग्नि पीडितको गाउँमै पुगेर एक महिनाको तलब दिएका हुन । उनले भने , तलब स्वरूप आउने ४२ हजार रूपैयाँ अग्नि पीडितलाइदिएको छु । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा वीरेन्द्रनगरबाट राहत लिएर जुम्ला तिला गाउँपालिका ७ गोठी गाउँमै गएको बेला सांसद रोकायाले नगद दिएका हुन ।सांसद रोकायाले भने अग्नि पीडितलाई सहयोग गर्न पाउँदा खुसि नै छु ।
आगामी दिनमा आफुले सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता गरे । उनले दिएको एक महिनाको तलबले पिडितको दुखमा मलहम लगेको छ । उनले भने, अग्नि पीडितका समस्या धेरै छन । यो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराय । वचन दिदै सांसद रोकायाले थपे,झ यो सहयोग गर्ने सुनौलो अवसर हो ।सबै सहयोगी हातहरू एकजुट हुन जरुरी छ ।अग्नि पीडितलाई चामल,कम्वल,भाडाकुडा जस्ता तत्काल आवश्यक पर्ने सबै सामाग्री दिईएको छ ।







