जुम्लाको शान्ति सुरक्षा मजबुद गर्न प्रहरीचौंकी निरीक्षण


दिलमाया शाही
जुम्लाको शान्ति सुरक्षालाई मजबुद गर्न प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहितको एक टालीले प्रहरी चौंकी निरीक्षण गरेको छ । देश संघियतामा गए संगै शान्ति सुरक्षामा थप चुनौती बढेको छ। जुम्ला जिल्लामा २७ वटा प्रहरी इकाई (युनिट) छ । प्रजिअ थापाले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन र बिभिन्न स्थानामा स्थापना गरीएका प्रहरी चौंकीको समस्या बुझ्न निरीक्षण गरीएको बताए । उनले भने सुरक्षा बजार केन्द्रीत हुनुहुर्दैन गाउका नागरिकलाई पनि प्रहरीले गरेका कामको जानकारी हुन जरुरी छ ।

तर जुम्लाका अधिकांस इएकाईमा प्रहरीको पर्याप्त जनशक्ति उपलब्ध छैन। सामान्यतयाः एउटा इकाईमा कम्तिमा १० जना प्रहरी खट्नुपर्ने हुन्छ। तर, यहाँका कतिपय युनिटमा ४ देखी ६ जना प्रहरी बसेर सुरक्षा दिएका छन्। प्रअिज थापाले भने, नागरिकको सुरक्षाका लागी खटिएका प्रहरीको सारथी स्थानिय सरकार र नागरिक पनी हुनुपर्छ । उनले थपे गाउमा घटेका घटनाको सुचना नागरिकले दिनु पर्छ ।

प्रजिअ थापालेको नेतृत्वमा प्रहरी चौंकी निरीक्षणमा जादा प्रहरी चौकीमा भएका समस्याका बारेमा जानकरी लिएको छ। प्रहरी चौकीमा भान्साको अभाव , फोन सेवा र इन्टरनेटको समस्या भएको त्यहा कार्यारत्त प्रहरीको गुनासो छ । प्रजिअ थापाले प्रहरी चौकीमा कार्यारत्त सुरक्षाकर्मीलाई अपराध नियन्त्रण , र नागरिकको शान्ति सुरक्षा थप मजबुद बनाउन दिर्नेशन दिएका छन। प्रहरीले ड्युटी गर्नुपर्ने अधिकांश चोकहरूमा प्रहरी बीट नै छैनन्।

यसले गर्दा आफैँलाई असुरक्षा महसुस हुने गरेको प्रहरीहरु बताउँछन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले प्रहरी चौकीमा आउने उजुरीको बारेमा प्रहरीलाई निर्देशन दिए । उनले भने , जुम्लाको शान्ति सुरक्षालाई चुस्त बनाउन प्रहरी अग्रह स्थानमा छ ।शान्ति सुरक्षा दिन र अपराध नियन्त्रण गर्न समस्या भएको खण्डमा आफ्ुलाई जनाकारी दिन उनले कार्यरक्त प्रहरीलाई अनुरोध गरे ।शान्ति सुरक्षालाई मजबुद पार्न र अपराध नियन्त्रण गर्नका स्थानिय तहका जनप्रतिनिधिले रातदिन डियु्टीमा बस्ने प्रहरीला्ई थप ब्यवस्थापन गर्न आबश्यक रहेको छ । १ सय नागरिकका लागि एक प्रहरी हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड भए पनि अहिले जिल्लामा एक जना प्रहरीले ७ सय १५ जनाको सुरक्षा गर्नुपरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

नेपालको सन्दर्भमा एक प्रहरीले ३ सय सम्मको सुरक्षा गर्न सकिने अवस्था भए पनि यसतर्फ सरकारले आवश्यक प्रहरीको दरबन्दी उपलब्ध गराउन सकेको अवस्था छैन। जिल्लामा अपराध नियन्त्रण गर्न आवश्यक जनशक्ति हुनुपर्ने भन्दै डिएसपी काफ्लेले भने, जिल्लाको शान्ति सुरक्षालाई मजबुद गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाको एकल प्रयासले मात्र सम्भव नहुने बताए । जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायको सहयोग र समन्वय हुनुपर्ने उनको भनाइ छ। पछिल्लो जिल्ला प्रहरी कार्यालय जुम्लाले जुम्लामा अपराध दर घट्दो क्रममा रहेको निष्कर्ष निकालेको छ ।

आर्थिक वर्षको मुर्दाको विवरणको विश्लेषण गर्दा बर्सेनि अपराधको दर घटेको देखिएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए । उनले भने ,पछिल्लो समयमा प्रहरीले सचेतनाका क्रियाकलापमा जोड दिँदै जान थालेपछि अपराधको दर घटेको छन् ।डिएपी काफ्लेले भने जनतासँग प्रत्यक्षरूपमा प्रहरी जोडिन सकेको अपराधका घटना न्यूनीकरण हुने देखीन्छ । पहिले प्रहरी देख्ने ,बित्तिकै जनतामा त्रास सिर्जना हुनुुहुदैन ।
जनतामा प्रहरी देख्दा सुरक्षाको अनुभूति गर्न सक्ने बताबरण प्रहरीले मिलाउन आबश्यक रहेको छ । अपराध गर्दा दण्ड जरिवाना हुने कुरा नागरिकलाई स्पष्ट बुझाउन जरुरी छ । उनले भने जुम्लाको अपराधको दर घटाउन प्रहरीलाई पनि निरन्तर खबरदारी गरेर सतर्क बनाउन थालेका छौ ।

यसैगरी लागुऔषध नियन्त्रणका लागी प्रहरी तिब्रगतीमा लागेको छ । उनले सामाजिक अपराध विरुद्धको अभियानअन्तर्गत लागुऔषध दुर्व्यसनी, बाल बिवाह, बहुविवाहका विषयमा नागरिकस्तरमा बुझाउन आबश्यक छ । प्रमुख जिल्ला अधिकारी थापा सहित सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ,नेपाल प्रहरीका डिएसपी माधवप्रसाद काफ्ले, प्रहरी अनुसन्धानका प्रमुख शंकर केसी,स्थानीयतहका जनप्रतिनिधि, नन्दबक्स गणका गणपति दिवाकर रायमाझी लगायतको टोलीले सयुक्त प्रहरी चौंकी निरीक्षण गरेको हो ।

सम्बन्धित समाचार